मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

बढ्यो इन्धनको मूल्य

images
शुक्रबार, माघ १८ २०८१
images
बढ्यो इन्धनको मूल्य
images
images

काठमाडौं- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। शुक्रबार रातीदेखि लागु हुनेगरी डिजेल, पेट्रोल, हवाई इन्धन तथा मट्टितेको मूल्य बढेको हो।

images
images
images

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार इन्धनको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

images
images

निगमले शुक्रबार रातीदेखि लागु हुनेगरी पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा ४/४ रुपैयाँ मूल्य बढाएको छ । 

images
images

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेल प्रतिलिटर १६०/१६० रुपैयाँ कायम भएको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ बढेको छ। हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४३ अमेरिकी डलरले बढाइएको छ।

यसअघि निगमले माघ २ गते पेट्रोलमा २ रुपैयाँ र डिजेल/मट्टितेलमा ३/३ रुपैयाँ बढाएको थियो।


प्रकाशित : शुक्रबार, माघ १८ २०८१२०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend