काठमाडौं- शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ।
कुल २७ करोड ९४ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ। यो लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात प्रदान हुनेछ। हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७९५ रुपैयाँ छ।