मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यवृद्धि हुँदा युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यवृद्धि हुँदा युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

राष्ट्र बैंकका अनुसार शुक्रबार पनि अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार शुक्रबार पनि अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ।

बिहीबार एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा थियो भने बुधबार एकको खरिददर १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो।

शुक्रबार अस्ट्रेलियन डलरको भाउ पनि बढेर एकको खरिदर ८६ रूपैयाँ १३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा पुगेको छ। बिहीबार एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा थियो।

युरोको भाउ भने आज घटेर एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा थियो।

त्यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रूपैयाँ २१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८७ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९५ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा कायम भएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८१०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend