शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यवृद्धि हुँदा युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १८ २०८१
images
images
अमेरिकी र अस्ट्रेलियन डलरको मूल्यवृद्धि हुँदा युरोको भाउ घट्यो, यस्तो छ आजको विनिमयदर

राष्ट्र बैंकका अनुसार शुक्रबार पनि अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

images
images
images

राष्ट्र बैंकका अनुसार शुक्रबार पनि अमेरिकी डलरको मूल्य बढेको छ। अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ।

images
images

बिहीबार एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा थियो भने बुधबार एकको खरिददर १३८ रुपैयाँ १४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो।

images
images
images

शुक्रबार अस्ट्रेलियन डलरको भाउ पनि बढेर एकको खरिदर ८६ रूपैयाँ १३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा पुगेको छ। बिहीबार एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा थियो।

युरोको भाउ भने आज घटेर एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ। बिहीबार यसको भाउ एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा थियो।

त्यस्तै युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिदर १५२ रूपैयाँ २१ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८७ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ र बिक्रीदर ९६ रूपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रूपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९५ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रूपैयाँ १० पैसा कायम भएको छ। रासस


प्रकाशित : शुक्रबार, माघ १८ २०८१०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend