शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अर्थतन्त्रको 'सपोर्ट' खोजिरहेको सेयर बजारले २८ सय बिन्दुको 'ब्रेकआउट' कहिले लिन्छ?

images
शुक्रबार, माघ १८ २०८१
images
images
अर्थतन्त्रको 'सपोर्ट' खोजिरहेको सेयर बजारले २८ सय बिन्दुको 'ब्रेकआउट' कहिले लिन्छ?

सेयर बजारले गएको साउन ३१ गते ३००० बिन्दु छोएयता गति लिन सकेको छैन। सेयर बजारको 'साइडवेज' चरण निकै लामो देखिएको छ। नयाँ खुड्किलो पार गर्न कठिन भएको छ।

images
images

काठमाडौं- सेयर बजारले गएको साउन ३१ गते ३००० बिन्दु छोएयता गति लिन सकेको छैन। सेयर बजारको 'साइडवेज' चरण निकै लामो देखिएको छ। नयाँ खुड्किलो पार गर्न कठिन भएको छ।

images
images
images

बजार निकै छोटो समयमा २००० को बिन्दुबाट करिब ३००० सम्म पुगेकाले पनि अहिले लामो समय करेक्सनमा गएको देखिन्छ। यसअघिको बढोत्तरी निकै छोटो अवधिमा भएको थियो। दुई महिनाभन्दा पनि कम अवधिमा करिब हजार अंकको वृद्धि भएको थियो।

images
images

पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड लगातार समातिरहेको छ। यसैको प्रभावले उही बिन्दु वरपर बजार लामो समयदेखि घुमिरहेको छ। यहि ट्रेण्डबीच पछिल्लो केही कारोबारमा वृद्धि देखिएको छ।

images
images
images

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँती भइरहेको छ।

नेप्से सूचकसँगै औसतमा कारोबार रकम पनि राम्रो रहेको छ। अहिले नेप्से २६ सयको तहमा छ। यो लेबलमा आएपछि पनि नेप्से पटकपटक करेक्सन र साइडवेजमा रहेको पाइन्छ ।

गएको साताको अन्तिम कारोबार र यो साताका दुई कारोबारमा गरी लगातार तीन दिन ओरालो लागेको सेयर बजार मंगलबार भने वृद्धितर्फ लागेको थियो। मंगलबार २४.५० अंकले बढेर बजार २६५७.७७ बिन्दुमा पुग्यो। ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको थियो।

यो साता आइतबार १०.४१ अंकले घटेको बजार सोमबार पनि १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा झरेको थियो। त्यसअघि गएको साता बिहीबार बजार ११.१० अंकले घटेको थियो।

बजारले निकै लामो समय करेक्सन र साइडवेजमा बिताइसकेको छ। अझै पनि प्रभावकारी गति लिन भने सकेको छैन।  बजार  यही २५००/२६०० आसपासकै अंकभित्र रहेर तलमाथि गरिरहेको छ। यसो हुनुमा आम लगानीकर्तामा विश्वास बढ्न नसक्नु नै मुख्य कारण मानिएको छ। यता, प्राविधिक विश्लेषकहरुले भने बजार नियमित प्रक्रियाअनुसार अहिले करेक्सन र साइडवेज फेजमा रहेको र यो चक्र पूरा भएपछि गति लिने बताइरहेका छन्।  

सेयर बजार अघि बढ्नका लागि केही आधारहरु आवश्यकता पर्छ। त्यसमा मुख्यतयः सस्तो बैंक ब्याजदर, पर्याप्तमात्रामा तरलता, कम्पनीहरुको मुनाफा अनि लाभांश तथा मुलुकको समग्र अर्थतन्त्रलगायतका पक्ष पर्छन्। यस्तै सरकारको पुँजी बजारप्रतिको दृष्टिकोण र समय अनुकूल नीतिनियमहरु पनि उत्तिकै महत्वपूर्ण हुन्छन्।

यसैगरी सेयर बजारमा आम लगानीकर्ताको सहभागित र उनीहरुको आत्मविश्वास अर्को महत्वपूर्ण पाटो हो। यतिबेला बैंक ब्याजदर सस्तो छ। प्रणालीमा अधिक तरलता रहेको छ। सरकार पनि पुँजी बजारप्रति सकारात्मक छ। बाह्य अर्थतन्त्रका सूचकहरु मजबुत रहे पनि आन्तरिक अर्थतन्त्रमा भने केही समस्या रहेका छन्। अनि सूचीकृत कम्पनीहरुको मुनफा र लाभांश दर भने केही खुम्चिएको अवस्था छ।

समग्ररुपमा बजार सुधारका लागि मिश्रित खालको अवस्था देखिएको छ। तथापि हाम्रो बजार निश्चित अवधिको बुल र बियरको चक्रमा चल्ने गरेको पाइन्छ। यसआधारबाट हेर्दा नेप्सेले निकै लामो अवधिको बियरिस अवधि बिताइसकेको छ। अब समयको हिसाबले पनि बजार बुल रनमा प्रवेश गर्ने बेला भएको जानकारहरु बताउँछन्।

विगतमा प्रणालीमा अधिक तरलता र ब्याजदर सस्तो हुँदा सजिलै बजार माथि जाने गरेको भए पनि यसपटक भने नेप्से सजिलै अघि बढिहालेको अवस्था भने छैन। सामान्यतयः ब्याजदर सस्तो हुँदा सेयर बजार बढ्ने विश्वास गरिन्छ। मुलुकको समग्र अर्थतन्त्रमा दखिएको संकुचनकै कारण बजारले पनि आशातीत गति लिन नसकेको विश्लेषकहरु बताउँछन्।

त्यसो त आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पहल गरिरहेको छ। यसआधारमा अब विस्तारै अर्थतन्त्रसँगै सेयर बजारले पनि गति लिने विश्वास गर्न सकिन्छ। सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ।

समग्र सेयर धितो कर्जा गत वर्षको तुलनामा २० प्रतिशतले बढिसकेको छ। अझ, मध्यम र ठूला लगानीकर्ताले यस्तो कर्जा झन्डै ५० प्रतिशतले बढाएका छन्। यसरी बजार प्रवेश गर्नेहरु बढ्दा सेयरको माग बढ्न जान्छ। माग बढ्न थालेपछि मूल्य पनि बढ्दै जाने अनुमान गर्न सकिन्छ।

तर सर्वसाधारण लगानीकर्ताले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका कम्पनीहरु छानेरै योजनाबद्ध ढंगले लगानी गर्दा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ।

नेप्सेले अब सकारात्मक गति लिन्छ भन्नेमा धेरै लगानीकर्ता आशावादी रहेको पाइन्छ। यद्यपि, अपेक्षाअनुसार अझै बजार अघि बढिहाल्न भने सकेको देखिँदैन।

बजारमा सरकार परिवर्तनलगायतका हल्ला चलाउने क्रम लामो समयदेखि नै चलिरहेको छ। सोही मनोविज्ञानले पनि प्रभाव पारेको देखिन्छ। वर्तमान सरकारले अर्थतन्त्र चलायमान गराउन भन्दै ल्याएको अध्यादेश संसदमा फाष्ट ट्रयाकबाट पास गराउने तयारी रहेको छ। जसमा निजी क्षेत्र उत्साहित देखिएका छन्। योसँगै बजारमा पनि माथि नै जाने अनुमान गरिएको छ।


प्रकाशित : शुक्रबार, माघ १८ २०८१०७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend