शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

भौतिक संरचनाहरुलाई उत्पादनसँग जोड्न आवश्यक छ : पूर्वाधारमन्त्री दाहाल

images
बिहीबार , माघ १७ २०८१
images
images
भौतिक संरचनाहरुलाई उत्पादनसँग जोड्न आवश्यक छ : पूर्वाधारमन्त्री दाहाल

उत्पादनमा वृद्धि गराउने र आर्थिक विकासमा सहयोग पुग्नेगरी संरचनाहरुको विकास जरुरी रहेको उनको भनाइ छ।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक संरचनाहरुलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन्। उत्पादनमा वृद्धि गराउने र आर्थिक विकासमा सहयोग पुग्नेगरी संरचनाहरुको विकास जरुरी रहेको उनको भनाइ छ।

images
images
images

बिहीबार ललितपुरको ग्वार्कोदेखि लाँकुरीभञ्ज्याङ् हुँदै काभ्रेको माने दोभानसम्मको सडक निरीक्षणपछि मन्त्री दाहालले जरुरी स्थानहरुमा सडक तथा संरचनाहरुको विकास गरी स्थानीयवासीको आर्थिक जीवनमा सुधार ल्याउन सरकारले प्राथमिकता दिएको समेत बताए।

images

मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा जनमुखी र आवश्यकतामा आधारित योजनाहरुलाई प्राथमिकता दिनेसमेत उनले उल्लेख गरे।

images
images
images

संघीय राजधानी उपत्यकाभित्र रहेर पनि कतिपय ग्रामीण क्षेत्रमा आधारभूत पूर्वाधारको समेत अभाव रहेको भन्दै उनले आगामी बजेटमा यस्ता स्थानहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए।

त्यस क्रममा ललितपुर क्षेत्र ननं. २ का प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले ग्वार्को देखि लुभु-लाँकुरीभञ्ज्याङ् हुँदै ललितपुर, भक्तपुर र काभ्रेको सीमा क्षेत्र माने दोभानसम्मको सडक कालोपत्र गर्न सके पर्यटन प्रवर्द्धनका साथै स्थानीय कृषि उपजको बजारीकरणमा पनि सहयोग पुग्ने बताए।

यस्तै महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरीगोविन्द श्रेष्ठले सडक निर्माण र स्तरीकरणमा स्थानीय सरकारको स्रोतसाधनले मात्र नपुग्ने भएकाले संघीय सरकारले प्राथमिकता दिनुपर्ने बताए।

यसैगरी वडा नं. १० का वडाअध्यक्ष विजय लामाले स्तरीय सडक सञ्जालको विकास गर्न सके स्वरोजगारीको समेत सिर्जना हुने भएकाले संघीय सरकारले बजेट व्यवस्था गरिदिनुपर्ने बताए।


प्रकाशित : बिहीबार , माघ १७ २०८११५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend