शुक्रबार, माघ १८ गते २०८१    
शुक्रबार, माघ १८ २०८१
images
images

यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड रूपैयाँ राजस्व संकलन

images
बिहीबार , माघ १७ २०८१
images
images
यातायात कार्यालयद्वारा ६ महिनामा २९ करोड रूपैयाँ राजस्व संकलन

चालु आवको ६ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार रूपैयाँ संकलन भएको छ।

images
images

बागमती- यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को ६ महिनाका अवधिमा २९ करोड एक लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

images
images
images

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले २९ करोड एक लाख ७५ हजार ६ सय ५१ रूपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए।

images

कार्यालय प्रमुख श्रेष्ठका अनुसार चालु आवको ६ महिनामा सवारी चालक अनुमतिपत्र वितरणबाट १७ करोड ३८ लाख २१ हजार एकसय ४९ रूपैयाँ, सवारी करबाट चार करोड ५३ लाख ६८ हजार तीनसय ३१ रूपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट चार करोड ५६ लाख ७० हजार आठसय ११ रूपैयाँ, संघीयतातर्फ एक करोड ८१ लाख २५ हजार एकसय ८० रूपैयाँ तथा बेरुजुबाट आठ हजार दुईसय ५० रूपैयाँ राजस्व संकलन भएको छ। 

images
images
images

यस्तै चालु आवको सो अवधिमा मोटरसाईकल एक हजार दुईसय ८० वटा, साना सवारी पाँचसय १३ वटा, टेम्पो/ई-रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीनसय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चारसय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए।

यस अवधिमा नयाँ दुई हजार एकसय ६३ र वर्ग थप एक हजार चारसय ४८ गरी तीन हजार ६ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

यस्तै सो अवधिमा दुई हजार नौसय ८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ। सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीनसय ९९ वटा सवारी साधन दर्ता गरेको थियो। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend