मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

दूधमा अनुदान पाउँदा किसान उत्साहित

images
बिहीबार , माघ १७ २०८१
images
दूधमा अनुदान पाउँदा किसान उत्साहित

गत वर्षसम्म प्रतिलिटर साढे दुई रूपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच रूपैयाँ पाउन थालेका छन्।

images
images

बागलुङ- प्रतिलिटर दूधमा पाँच रूपैयाँ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन्। गत वर्षसम्म प्रतिलिटर साढे दुई रूपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच रूपैयाँ पाउन थालेका हुन्।

images
images
images

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो। किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए। केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनले बताए।

images
images

डा सापकोटाका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिकटन दूध उत्पादन हुँदै आएको छ। त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ। विगत चार वर्षदेखि यहाँका किसानलाई अनुदान दिन थालिएको हो। विज्ञ केन्द्रले यहाँका करिब आठसय किसानलाई अनुदान दिँदै आएको छ।

images
images

'जिल्लामा धेरै किसानले दूध उत्पादन गर्दै आउनुभएको छ, त्यसमध्ये झन्डै एक सय जनाले व्यावसायिक रूपमै बाह्रै महिना दूध बिक्री गर्नुहुन्छ। पहिले दुई रुपैयाँ दिँदै आएका थियौँ, यस वर्षदेखि पाँच दिन थालिएको छ', उनले भने, 'यस वर्ष आठ लाख लिटर दूधका लागि ४० लाख रूपैयाँ विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ।'

हाल सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ। प्रतिव्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ। 

काठेखोला गाउँपालिका-६ का दुग्ध उत्पादन किसान सुरेश कँडेल राज्यले उत्पादनमा आधारित अनुदान दिँदा आफूजस्ता धेरैलाई काम गर्न उत्साह बढेको बताउँछन्। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८१११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend