बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह

images
बिहीबार , माघ १७ २०८१
images
images
ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह

ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ आयोजना गरेको 'नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध' कार्यशालामा ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह गरिएको छ।

images
images

काठमाडौं- ढाकास्थित नेपाली राजदूतावासले बुधबार साँझ 'नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध' विषयमा कार्यशाला आयोजना गरेको छ। साथै दूतावासले ऊर्जा उत्पादनमा पुँजी परिचालन गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह पनि गरेको छ।

images
images
images

त्यस अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बंगलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभइ सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए।

images

राजदूत भण्डारीले बंगलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको उक्त राजदूतावासले जनाएको छ।

images
images
images

कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी  दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, सहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बंगलादेशका लगानीकर्तालाई आग्रह गरे।

दूतावासका अनुसार बंगलादेश लगानी विकास प्राधिकरणका कार्यकारी सदस्य डा. खान्डोकर अजिजुल इस्लामले बंगलादेशका लगानी प्राथमिकता बारे अवगत गराउँदै पारस्परिक लाभका क्षेत्रमा  लगानी सम्बन्धलाई सुदृढ पार्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेशनल बैंक लिमिटेडका अध्यक्ष तथा बंगलादेश  उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल अवल मिन्टुले नेपालसँगको व्यापारबारे आफ्ना दृष्टिकोण साझा गर्दै दुई देशीय आर्थिक सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। रासस


प्रकाशित : बिहीबार , माघ १७ २०८१११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend