बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

खराब कर्जाको चापले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्दै बैंकहरू, घरजग्गाको मूल्य घट्ने

images
बिहीबार , माघ १७ २०८१
images
images
खराब कर्जाको चापले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्दै बैंकहरू, घरजग्गाको मूल्य घट्ने

बैंक वित्तीय संस्थाहरू मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्न थालेका छन्। बैंकहरूको करिब ३९ अर्ब रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। बढ्दो खराब कर्जा र प्रोभिजनिङको दबाब कम गर्न बैंकहरूले घाटा खाएरै भएपनि गैर बैंकिङ सम्पत्ति बिक्री गर्न थालेका छन्।

images
images

काठमाडौं- बैंक वित्तीय संस्थाहरूले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गर्न थालेका छन्। बैंकहरूको करिब ३९ अर्ब रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको छ। बढ्दो खराब कर्जा र प्रोभिजनिङको दबाब कम गर्न बैंकहरूले घाटा खाएरै भएपनि गैरबैंकिङ सम्पत्ति बिक्री गर्न थालेका छन्। 

images
images
images

सम्पत्ति बिक्रीबाट भएको घाटा बैंकको आम्दानीबाट घटाएरै भएपनि बैंकहरू गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने पक्षमा देखिएका छन्। आगामी दिनमा यसले थप तीब्रता पाउने देखिएको छ।

images

घाटा नै सहेर भएपनि गैरबैंकिङ सम्पत्तिको बिक्री गर्नुको विकल्प नभएको बुझाइ बैंकर्समा देखिन्छ। घरजग्गाको कारोबारमा सुधार नआउने देखेपछि बैंक वित्तीय संस्थाहरू मूल्य घटाएरै भएपनि सम्पत्ति बिक्री गर्ने तयारीमा देखिएका हुन्। 

images
images
images

केही बैंकरले सकारेको धितो बिक्रीसमेत गरिसकेका छन्। केही बैंकरहरूले घरजग्गा व्यवसायमा सुधारको अपेक्षा छोडिसकेका छन्। नेपाल राष्ट्र बैंकसमेत घरजग्गाको मूल्य थप बढाउने पक्षमा छैन। 

राष्ट्र बैंकले प्रस्टरुपमा बैंकहरूलाई गैरबैंकिङ सम्पत्ति मूल्य घटाएरै भएपनि बिक्री गर्न भनिसकेको छ। खराब कर्जा र प्रोभिजनिङको भारी बोक्नुभन्दा केही समय घाटा व्यहोरेर नै भएपनि गैरबैंकिङ सम्पत्ति बिक्री गर्दा उचित देखिएको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेल बताउँछन्।

'बैंकहरूले खराब कर्जा र प्रोभिजिनिङको भारी बिसाउनु नै अहिलेका लागि उपयुक्त छ। मूल्य घटाएरै भएपनि गैरबैंकिङ सम्पत्ति बिक्री गरेमा बैंकहरूको समस्या समाधानोन्मुख छ। घरजग्गाको मूल्यमा केही कमी ल्याएपनि यसले घरजग्गाको कारोबारमात्रै होइन बैंकिङ क्षेत्र नै  सुधार गर्न मद्दत गर्छ', पौडेलले भने। 

सम्पत्तिको मूल्य घटाएर बिक्री गर्दा बैंकहरूको खराब कर्जा कम हुने र यसले बैंकहरूको प्राथमिक पुँजीकोषमाथि दबाब कम गर्ने देखिन्छ। पुँजीकोषमाथिको दबाब कम भएमा बैंकहरूले नयाँ कर्जा विस्तार गर्न सक्ने र यसले बैंकिङ क्षेत्र मात्रै नभइ अर्थतन्त्र नै चलायमान बनाउन मद्दत गर्ने प्रवक्ता पौडेलले बताए।

राष्ट्र बैंकका प्रवक्त पौडेलको भनाइमा नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालासमेत सहमत छन्। बैंकिङ क्षेत्रलाई सुधार्नका लागि घरजग्गाको मूल्य घटाएर भएपनि गैरबैंकिङ सम्पत्ति बिक्री गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

मूल्य घटाएर सम्पत्ति बिक्री गर्दा बैंकहरूलाई नोक्सानी बढ्ने र केही वर्ष लाभांश वितरण गर्न नपाउने स्थिति सृजना भएपनि यसलाई सहनुपर्ने अध्यक्ष कोइरालाले बताए। 

'बैंकहरूले गैरबैंकिङ सम्पत्ति मूल्य घटाएरै भएपनि बिक्री गर्नुपर्ने समय आएको छ। कतिपय बैंकहरूले त बिक्री नै गरिसकेका छन्। यसले सम्पत्तिको मूल्य समायोजन गर्न र बैंकहरूको वित्तीय अवस्थामा सुधार ल्याउन मद्दत गर्छ। तर यसबाट बैंकहरूलाई ठूलो नोक्सानी हुन्छ। सम्पत्ति बिक्रीबाट भएको नोक्सानीलाई सम्पत्तिमा देखाउँदै केही वर्ष लाभांश नदिएर भएपनि बैंकहरू अगाडि बढ्नुको विकल्प छैन। करिब ३९ अर्ब गैरबैंकिङ सम्पत्ति बैंकहरूसँग छ। यो बिक्री गर्न करिब ५ वर्ष लाग्छ। उक्त सम्पत्ति बिक्रीबाट बैंकहरूलाई करिब २० प्रतिशत नोक्सानी हुने देखिन्छ', कोइरालाले भने। 

बैंकहरूले मूल्य घटाएर गैरबैंकिङ सम्पत्ति बिक्री गरेसँगै समग्रमा घरजग्गाको मूल्य नै घट्न थालेको छ। यसबाट गाउँमा रहेका घरजग्गाको मूल्य करिब ४० प्रतिशत र सहरको सम्पत्तिको मूल्य करिब २० प्रतिशतले घटिसकेको छ। 

गैरबैंकिङ सम्पत्ति घाटा नै खाएर बिक्री गरेपनि बैंकहरूलाई दोहोरो फाइदा हुने गर्दछ। एकातर्फ बैंकहरूको खराब घट्छ भने प्रोभिजनिङ राइट ब्याक गर्न पाउने भएकाले बैंकको वितरणयोग्य नाफा बढ्छ। त्यसैले पनि बैंकहरूले घाटा नै खाएर भएपनि गैर बैंकिङ सम्पत्ति बिक्री गर्ने पक्षमा छन्। जसको प्रत्यक्ष असर भने घरजग्गाको मूल्यमा पर्ने भएको छ। विगत लामो समयदेखि घट्न नसकेको घरजग्गाको मूल्य अब बैंकहरूको गैरबैंकिङ सम्पत्ति बिक्रीका कारण घट्ने देखिएको छ। 

घरजग्गाको मूल्य घटोस् भन्ने चाहाना सबैमा देखिन्छ। घरजग्गाको मूल्य बढेकै कारण सरकारका लागि आयोजना निर्माणको समय र लागत दुबै बढिरहेको छ। घरजग्गाको मूल्यमा भएको वृद्धिका कारण सरकारलाई जग्गा प्राप्तिमा समस्या हुने गरेको छ।

यस्तै निजी क्षेत्रलाई उद्योग व्यवसाय सञ्चालन गर्न पनि जग्गाको मूल्यले असर गरिरहेको छ। नेपालमा जग्गाको मूल्य उच्च रहेको भन्दै उद्योग स्थापना गर्न नचाहाने उद्योगीहरूको संख्या बढ्दो छ। 

यस्तै आवास नभएकाहरू तर खरिद गर्न चाहाना राख्ने सर्वसाधारणलाई समेत घरजग्गाको मूल्यमा भएको वृद्धिले प्रत्यक्ष असर गरिरहेको छ। घरजग्गाको मूल्य उच्च रहेकै कारण विदेश जाने नेपालीको संख्या उल्लेखीयरुपमा वृद्धि हुँदै गएको छ।

अर्कोतर्फ घरजग्गाको मूल्य धेरै बढ्दै गएमा आगामी दिनमा बैंक वित्तीय संस्थामाथि नै संकट आउने भन्दै राष्ट्र बैंक जसरी पनि मूल्य घटाउनुपर्ने पक्षमा छ। राष्ट्र बैंकले घरजग्गाको मूल्य घटाउनका लागि रियलस्टेट कर्जामा कडाइ गर्ने नीति लिएको छ। 

ओभरड्राफ्टमार्फत घरजग्गामा जाने कर्जालाई राष्ट्र बैंकले निरुत्साहित गरेको छ भने सेयर स्टेट कर्जाको जोखिमभार बढाएको छ। ओभरड्राफ्ट कर्जाको जोखिमभार राष्ट्र बैंकले बढाएर १५० प्रतिशत पुर्‍याएको छ। यस्तै चालु पुँजी कर्जाका नाममा रकम जारी हुने तर घरजग्गामा जाने भन्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन जारी गरी कडाइ गरेको छ। 

यस्तै घरजग्गाको मूल्य बढाउन प्रयोग हुनसक्ने आशंकासहित राष्ट्र बैंकले मार्जिन ल्याण्डिङ कर्जामा समेत कडाइ गरिरहेको छ। राष्ट्र बैंकले लिएको नीतिका साथै पछिल्लो समय बैंकहरूले गैरबैंकिङ सम्पत्ति मूल्य घटाएर बिक्री गर्न थालेसँगै घरजग्गा मूल्यमा कमी आउँदा कारोबार बढ्ने अपेक्षा गरिएको छ। 


प्रकाशित : बिहीबार , माघ १७ २०८१०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend