बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’

images
बुधबार, माघ १६ २०८१
images
images
‘नवप्रवर्तनका लागि लगानीको वातावरण र एकद्वार प्रणाली आवश्यक’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताए।

images
images

काठमाडौं- उद्योगी-व्यवसायीले नवप्रवर्तन, साना तथा मझौला उद्योग स्थापनाका लागि लगानीको वातावरण बनाइ कानूनी जटिलता हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा आजदेखि सुरु गरेको नवप्रवर्तन तथा एसएमई सम्मेलनको दोस्रो समूहगत छलफलका वक्ताहरुले सरकारले लगानीका लागि कानूनी जटिलता हटाउनुपर्नेमा जोड दिएका हुन्।

images

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीलाई सहज भएको बताए। उनले भने, 'सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ। यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु।' 

images
images
images

नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले भनिन्, 'सहज ढंगले उद्योग व्यवसाय गर्न आर्थिक नेटवर्किङ महत्वपूर्ण भएकाले बैंक वित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुका लागि विश्वास गर्नुपर्छ।'

बिजनेस अक्सिजनका सीईओ सिद्धान्तराज पाण्डेले विदेशीने युवाहरुलाई नेपालमा राख्न सहज लगानीको वातावरण र कानूनी झन्झटबाट मुक्त गरिनुपर्ने बताए।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख गरे।

औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेशकुमार गुप्ताले पछिल्लो समय नवप्रवर्तनको दायरा बढ्दै गएको बताउँदै भने, 'केही वर्षयतादेखि नवप्रवर्तनको दायरा फराकिलो बन्दै गएको छ। हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ।' रासस


प्रकाशित : बुधबार, माघ १६ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend