बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

अमेरिका र क्यानडा पठाइदिने भन्दै एक करोड १२ लाख ठगी, दुईजना पक्राउ

images
बुधबार, माघ १६ २०८१
images
images
अमेरिका र क्यानडा पठाइदिने भन्दै एक करोड १२ लाख ठगी, दुईजना पक्राउ

भुवनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भइ काठमाडौं टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन्।

images

भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रूपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

images
images
images

भुवनलाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार र नितेशलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बाट मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भुवनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।


प्रकाशित : बुधबार, माघ १६ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend