शनिबार, वैशाख २२ गते २०८१    
images
images
कमिसनको खेलमा पर्यटनमन्त्री आले

आइसोलेसनबाट पूर्वस्वीकृति दिएको एक सातामै क्यासिनो सञ्चालनको लाइसेन्स

मन्त्री भएको ४ महिना नबित्दै ६ क्यासिनोलाई दिए सञ्चालनको लाइसेन्स

images
images
images
आइसोलेसनबाट पूर्वस्वीकृति दिएको एक सातामै क्यासिनो सञ्चालनको लाइसेन्स
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कमिसनमा रमाउँदै धमाधम क्यासिनो लाइसेन्स वितरण गरेका छन्।आलेले मन्त्रालयको जिम्मेवारी सुम्पिएको ४ महिना नबित्दै ६ वटा कम्पनीले क्यासिनो सञ्चालनको अन्तिम स्वीकृति पाइसकेका छन्।

images
images
images

कोभिड संक्रमण देखिएपछि मन्त्री आले माघ ३ गतेदेखि होम आइसोलेसनमा बसेका थिए। तर आलेले माघ ५ गते चिनियाँ लगानी रहेको क्यासिनोलाई पाँचतारे होटल अलफ्टमा क्यासिनो सञ्चालन गर्नका लागि पूर्वस्वीकृति दिएका थिए। यसरी पूर्वस्वीकृति दिएको एक सातामै माघ १३ गते बिहीबार उक्त कम्पनीलाई क्यासिनो सञ्चालनको अन्मित स्वीकृति दिएको विभागका एक कर्मचारीले जनाकारी दिए।

images

पूर्वसचिवहरूले क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा अध्ययन गर्न आवश्यक रहेको भन्दै दुई वर्षदेखि नयाँ क्यासिनोको पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृति रोकेर राखेका थिए।

images

तर आलेले कमिसनको लोभमा मापदण्ड नै नपुगको क्यासिनोलाई समेत पूर्वस्वीकृति दिँदै सञ्चालनको अन्तिम स्वीकृति पनि दिएका हुन्।

images
images

‘अलफ्ट होटलमा क्यासिनो सञ्चालनका लागि एक क्सासिनाले पूर्वस्वीकृति पाएको फाइल विभागमा आइपुगेको  एक साता नहुँदै फाइल पर्यटन मन्त्रालयले मागेको थियो,’ पर्यटन विभाग स्रोतले भन्यो, ‘क्यासिनो सञ्चालनका पूर्वस्वीकृति आवश्यक पर्छ। अलफ्टमा क्यासिनो सञ्चालनका लागि एक साताअघि मात्रै सिधै मन्त्रीले होम आइसोलेसनबाट अनुमति दिएका थिए। फेरि माघ १३ गते बिहीबार त अन्तिम स्वीकृति नै दिने काम भएछ।’

वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई मन्त्री आलेले कोरोना भएर होम आइसोलेसनमै बसेको बेला क्यासिनो सञ्चालनको लागि पूर्वस्वीकृति दिएका थिए। कोरोना नेगेटिभ आएपछि मन्त्रालय फर्केका आलेले अहिले अन्तिम स्वीकृत दिएका हुन्। अब उक्त कम्पनीले होटलमा क्यासिनो सञ्चालन गर्न पाउने छ। यो ९० प्रतिशत चिनियाँ लगानी रहेको कम्पनी हो। यसमा १० प्रतिशतमात्रै नेपाली नागरिकको लगानी रहेको छ। पर्यटन विभागमा रहेको कागजपत्रमा अशेष मल्लको नाम रहेको छ। आलेले ४ मन्त्री र २ सचिवले रोकेको फाइल आलेले आइसोलेसनबाट स्वीकृत गरेका थिए।

क्यासिनो सञ्चालनका लागि भन्दै यो कम्पनीले पर्यटन विभागमा दुई वर्षअगाडि नै फाइल बुझाएको थियो। विभागले पनि पूर्वस्वीकृतिका लागि भन्दै मन्त्रालयमा पठाएको थियो।

तर पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारी र यादव कोइरालाले क्यासिनोको लगानी तथा पूर्वाधारको काम मापदण्ड बमोजिम नरहेको भन्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृतिको फाइल रोकेका थिए। उनीहरूलाई पूर्वपर्यटन मन्त्री योगेश कुमार भट्टराई, भानुभक्त ढकाल, लिलानाथ श्रेष्ठ र उमाशंकर अगरियाले समेत मापदण्ड पूरा नभएको र लगानीको विषयमा केही शंकास्पद रहेको भन्दै फाइल रोकेका थिए।

तर आलेले अहिले सिधै फाइल मागेर पूर्वस्वीकृति दिँदै अन्तिम स्वीकृतिसमेत दिएका हुन्। मन्त्रीको काममा केही कमजोरी देखिए रोक्न सक्ने भनेको नै सचिवले हो, तर सचिव महेश्वर न्यौपानेले मन्त्री आलेले जे भने पनि हवस् हजुर भन्दै विना पूर्वाधार तथा मापदण्डसमेत पूरा नगरेको कम्पनीलाई आर्थिक छलफल गर्दै क्यासिनो सञ्चालनको पूर्वस्वीकृति हुँदै अन्तिम स्वीकृत दिएको स्रोतले बताएको छ। 

मन्त्रालयबाट फाइल बोक्ने काममा भने पर्यटनमन्त्री आलेको सचिवालयमा काम गरिरहेका एक जना नेपाल एयरलाइन्सका पाइलट रहेका स्रोतको दाबी छ। मन्त्रालयको कोठा कोठामा फाइल लगेर सबै प्रक्रिया पूरा गरेर होम आइसोलेसनमा रहेको मन्त्रीकहाँ फाइल पनि बोकेर एयरलाइन्सकै पाइलट पुगेको स्रोतको दाबी छ।

यस विषयमा होटलका कर्मचारीलाई सोध्दा केही दिनअगाडि विभागबाट ४/५ जना कर्मचारी आएको जानकारी दिए। विभागका कर्मचारीले मापदण्ड पूरा नभएको हुँदा फाइल अगाडि बढाउन नहुने भन्दा पनि डाठो आदेशमा स्वीकृति दिइएको हो।

४ महिना नबित्दै ६ क्यासिनोलाई सञ्चालन लाइसेन्स

मन्त्री आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ६ वटा क्यासिनो थपिएका छन्। आलेले सबैभन्दा पहिले कात्तिक २ गते अवैध सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’ को क्यासिनोलाई नियम मिचेर क्यासिनो सञ्चालनको अनुमति दिएका थिए। बलेलाई पाँच तारे होटल मेची क्राउन प्लाजामा ‘भेगस रिक्रियसन नेपाल’ क्यासिनो सञ्चालनको अनुमति दिइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बलेले अवैध सम्पत्ति आर्जन गरेको आरोपमा एक वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सम्पत्ति रोक्काकै अवस्थामा भएको लगानीलाई मन्त्री आलेले नियम विपरित क्यासिनो सञ्चालनको स्वीकृति दिएका हुन्।

याक एन्ड यति होटलको क्यासिनोमा काम गर्दागर्दै उदय भएका बले दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ को रुपमा परिचित छन्। मिटर ब्याजमा पैसा लगाउने धन्दाबाट झन्डै एक अर्ब रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आरोपमा विभागले गत वर्ष नै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

बलेविरुद्ध अनुसन्धान विभागले २०७७ असोज २९ गते विशेषमा मुद्दा दायर गरेको हो। अहिले पनि उक्त मुद्दामा फैसला भएको छैन। विभागले बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध मुद्दा दायर गरेको थियो। बलेलाई १७ करोड ४७ लाख र कक्षपतिलाई दुई करोड ४७ लाख रुपैयाँ बिगो कायम गरिएको छ। गैरकानुनी रुपमा जोडेको सम्पत्ति मुख्यगरी होटल र घरजग्गामा लगानी गरेको आरोप बलेलाई लागेको छ। मेची क्राउन प्लाजा होटलमा समेत उनको लगानी रहेको छ।  

बलेलाई मानव तस्करी, हातहतियार दुरुपयोग र क्यासिनोमा मिटर ब्याज लगानीबाट सम्पत्ति आर्जन गरेको आरोपसमेत छ। बले दुई वर्षअघि महाराजगञ्जको जुवा अखडाबाट समातिएपछि सम्पत्ति शुद्धीकरणले छुट्टै अनुसन्धान सुरु गरेको थियो। विभागले एक वर्ष अनुसन्धान गरेर बलेविरुद्ध मुद्दा दायर गरेको थियो।

क्यासिनो किङ परिचित बले अन्नपूर्ण होटलमा सामान्य कामदारका रुपमा प्रवेश गरेका थिए। काभ्रे घर भएका बले आपराधिक गतिविधिबाट आर्जित लाभको संरक्षणका लागि विभिन्न पार्टीमा आवद्ध हुँदै आएका छन्।

यसैगरी मन्त्री आलेले कात्तिम ९ गते बेलिज इन्टरनेश्नल प्रालिलाई पनि क्यासिनो सञ्चालनको अनुमति दिएका थिए। साथै मन्त्री आलेले कात्तिक १२ गते नै होटल स्टारलाईट बाँकेमा क्यासिनो सञ्चालनका लागि  भेन्यू रिक्रियसन प्रालि काठमाडौंलाई अनुमति दिएका थिए।

यसैगरी मन्त्री आलेले कल्पतरु होटल नेपालगञ्जमा क्यासिनो सञ्चालनका लागि भन्दै ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालिलाई पनि पुस १६ गते क्यासिनो सञ्चालनको अनुमति र्दिएका हुन।

साथै मन्त्री आलेले पुस १४ गते नै सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि पनि क्यासिनो सञ्चालनको अनुमति दिएका थिए। यो क्यासिनोले होटल सिटी प्यालेस नेपालगञ्ज बाँकेमा क्यासिनो खेल सञ्चालन गर्ने छ। पछिल्लो पटक माघ १३ गते बिहीबार काठमाडौंको होटल अलफ्टमा क्यासिनो सञ्चालनका लागि वाल्डो डाइनाष्टि इन्टरटेनमेन्ट प्रालिलाई मन्त्री आलेले पूर्वस्वीकृति दिएको एक साता नबित्दै क्यासिनो सञ्चालनकमो लाइसेन्स दिएका हुन्।

images

प्रकाशित : शुक्रबार, माघ १४ २०७८०६:४१

प्रतिक्रिया दिनुहोस