मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव हुँदै

images
बुधबार, माघ १६ २०८१
images
चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव हुँदै

महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ। महोत्सव उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ।

images
images

चितवन- चितवनमा प्रथम राष्ट्रिय डेरी महोत्सव यही माघ २५ गतेदेखि सञ्चालन गर्न लागिएको छ। जिल्ला दुग्ध उत्पादक सहकारी संघ र उद्योग संघको संयुक्त आयोजनामा महोत्सव गर्न लागिएको हो।

images
images
images

विदेशमा डेरीका परिकारहरुको महोत्सव हुने गरेको भए पनि नेपालमा पहिलो पटक महोत्सवका रुपमा दुध र दुग्धजन्य वस्तुको बजार प्रवर्द्धनका लागि महोत्सव गर्न लागिएको दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए। उनका अनुसार दुधको बजार राम्रो नभएको र भूक्तानी समयमा नआएको विषयलाई मध्यनजर गरेर महोत्सव आयोजना गरिएको हो।

images
images

महोत्सवमा ७० व्यापारिक कक्ष (स्टल) रहनेछन्। त्यहाँ दुग्ध व्यवसायमा लगानी गर्ने संघ-संस्था, डेरी सम्बन्धी उत्पादन, अन्तर्राष्ट्रिय स्तरका संघ-संस्थाहरुको सहभागिता रहने उनले जानकारी दिए। माघ २५ देखि २७ गतेसम्म हुने महोत्सव दूधको बजार प्रवर्वद्धन र व्यावसायिकीकरण गर्न सहयोगी बन्ने उनले बताए।

images
images

महोत्सवमा दुध र दुग्धजन्य उत्पादनको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समूहगत छलफल हुनेछ। महोत्सव उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ। रासस


प्रकाशित : बुधबार, माघ १६ २०८१११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend