शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

images
बुधबार, माघ १६ २०८१
images
images
तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

images
images

काठमाडौं- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी,बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

images
images
images

तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ। बुधबार दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

images
images

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानहरुमा हल्का हिमपातको पनि सम्भावना छ।

images
images
images

बुधबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा राति पनि हल्का हिमपात‍ हुने महाशाखाको पूर्वानुमान छ। रासस

 


प्रकाशित : बुधबार, माघ १६ २०८१०७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend