मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार तीन दिन ओरालो लागेपछि हरियालीतर्फ सेयर बजार, ९ अर्ब ४० करोड रुपैयाँको कारोबार

मंगलबार, माघ १५ २०८१
लगातार तीन दिन ओरालो लागेपछि हरियालीतर्फ सेयर बजार, ९ अर्ब ४० करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साताको अन्तिम कारोबार र यो साताका दुई कारोबारमा गरी लगातार तीन दिन ओरालो लागेको सेयर बजार आज मंगलबार भने वृद्धितर्फ लागेको छ। 

मंगलबार २४.५० अंकले बढेर बजार २६५७.७७ बिन्दुमा पुगेको छ। ९ अर्ब ४० करोड २६ लाख रुपैयाँको कारोबार भएको बजारमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ। ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य परिवर्तन भएको छैन। 

यो साता आइतबार १०.४१ अंकले घटेको बजार सोमबार पनि १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा झरेको थियो। त्यसअघि गएको साता बिहीबार बजार ११.१० अंकले घटेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। 


प्रकाशित : मंगलबार, माघ १५ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend