शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

images
मंगलबार, माघ १५ २०८१
images
images
विर्तामोड नगरपालिकाले तोक्यो तरकारीको न्यूनतम समर्थन मूल्य

यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि विर्तामोड नगरपालिकाले १० लाख रूपैयाँ बजेट छुट्याएको छ।

images
images

झापा- विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ। 

images
images
images

नगरपालिका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ। 

images
images

नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उनले बताए। पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६ रूपैयाँ, बन्दागोवी २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, भन्टा २६, सिमी ४६, काँक्रा २५, भिन्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेँडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटरको ३० रूपैयाँ कामय गरेको उनले जानकारी दिए। 

images
images
images

उनले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताए। कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उनले बताए।

'किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो', उनले भने, 'तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा सो मूल्यबराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन।' यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले १० लाख रूपैयाँ बजेट छुट्याएको छ। 

नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एकसय १७ किसान समूह नै बनाएको छ। त्यसमध्ये एउटा मूल कृषक समूह छ। समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपप्रमुख सङ्ग्रौलाले बताए। हाल विर्तामोडका ६ वडामा तरकारी बिक्री केन्द्र राखिएको छ।

उनले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड-७ को वडा कार्यालय नजिकै ९० लाख रूपैयाँभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताए। चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, माघ १५ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend