शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बुर्तिबाङमा एक करोड २८ लाख रूपैयाँ लागतमा सिटी हल निर्माण हुँदै

images
मंगलबार, माघ १५ २०८१
images
images
बुर्तिबाङमा एक करोड २८ लाख रूपैयाँ लागतमा सिटी हल निर्माण हुँदै

नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले एक करोड २८ लाख रूपैयाँ लागतमा सिटी हल निर्माण गर्न थालेको हो।

images
images

ढोरपाटन- बागलुङको ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ भब्रेटामा सिटी हल निर्माण गर्न थालिएको छ।

images
images
images

नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङले एक करोड २८ लाख रूपैयाँ लागतमा सिटी हल निर्माण गर्न थालेको हो। सरकारले नेपालका दश नमूना सहरमध्येमा छनोट गरेको बुर्तिबाङ बजारमा अहिलेसम्म सिटी हल बन्न सकेको थिएन।

images
images

नयाँ सहर आयोजनाले गत वर्षदेखि भब्रेटामा हल बनाउन थालेको हो। निर्माण कम्पानीले ढिलासुस्ती गर्दा कामले गति लिन नसकेको नयाँ सहर आयोजना बुर्तिबाङका प्रमुख रामकृष्ण गिरीले जानकारी दिए। विसं २०८० फागुन १ गते सम्झौता गरी काम सुरु गरे पनि हालसम्म ३५ प्रतिशत मात्रै काम सकिएको उनको भनाइ छ।

images
images
images

निर्माणको जिम्मा पाएको ढोरपाटन निर्माण सेवाले यही माघ ३० गते सम्पन्न गर्ने गरी सम्झौता गरेको प्रमुख गिरी बताउँछन्। सम्झौता अवधिमै काम सक्ने सम्भावना कम रहेको भन्दै निर्माण कम्पनीलाई काम गर्न आग्रह गरिरहेको उनको भनाइ छ।

प्रमुख गिरीले भने, 'सिटी हल बनाउन सुरु गरेको गत वर्षदेखि नै हो, यति बेला बनिसक्नुपर्ने हो तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण कामले पूर्णता पाउन सकेको छैन, काम समयमै सक्नका लागि निर्माण कम्पनीलाई बारम्बार पत्र काट्यौँ, तर सुनुवाइ भएन, अहिले काममा फर्किने संकेत देखाएको छ, धमाधम गर्‍यो भने केही महिनामा काम सकिने अपेक्षा लिएका छौँ।'

बुर्तिबाङ बजार साँघुरो हुँदा सिटी हलसहित पार्क, कार्यालय भवन अन्य ठाउँमा बनाउनुपरेको छ। नयाँ सहर आयोजनाले ढोरपाटन-१ र २ का विभिन्न स्थानमा संरचना बनाउँदै आएको छ। रासस


प्रकाशित : मंगलबार, माघ १५ २०८११३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend