शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा चारजना पक्राउ

images
मंगलबार, माघ १५ २०८१
images
images
वैदेशिक रोजगारीको प्रलोभन देखाएर एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा चारजना पक्राउ

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ परेका छन्।

images
images
images

सल्ल्यानको छत्रेश्वरी गाउँपालिका-६का सुनिल दसौदी, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-५ का स्थायी बासिन्दा विकास दवाडी, गोरखा शहीदलखन गाउँपालिका-७ घर भएका सुरेन्द्र विक र काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ निवासी २४ वर्षीया विशाखा पौडेललाई ठगेको अभियोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

images
images

अभियुक्त दसौदीले सर्विया पठाइदिन्छु भन्दै २२ लाख ३८ हजार रूपैयाँ, दवाडीले जापान पठाइदिने भनेर दुई जनाबाट तीन लाख रूपैयाँ, विकले सुरेन्द्रले अमेरिका पठाइने बहानामा ९७ लाख ५४ हजार रूपैयाँ र पौडेलले कुवेत पठाइदिन्छु भन्दै एक लाख ६० हजार रूपैयाँ ठगेका थिए।

images
images
images

अभियुक्तमध्ये दवाडी, पौडेल र दसौदीलाई वैदेशिक रोजगार विभाग तथा विकलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। रासस


प्रकाशित : मंगलबार, माघ १५ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend