शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

संकटबाट माथि उठेको श्रीलंका, निर्यातमा गर्‍यो उल्लेखनीय वृद्धि

images
मंगलबार, माघ १५ २०८१
images
images
संकटबाट माथि उठेको श्रीलंका, निर्यातमा गर्‍यो उल्लेखनीय वृद्धि

इतिहासमै पहिलोपटक श्रीलंकाले लिएको अन्तराष्ट्रिय ऋणको साँवाब्याज तत्काल तिर्न नसक्ने कारण आफू टाट पल्टेको घोषणा २०२२ अप्रिल १२ मा गरिदियो। २०२३ देखि नै देखिने गरी श्रीलंकाले राम्रो सुधारहरू गरिरहेको छ।

images
images

काठमाडौं- अर्थतन्त्रको सबैभन्दा नराम्रो संकटबाट माथि उठ्दै गएको श्रीलंकाले राम्रा सुधार गर्दै गएको देखिएको छ। श्रीलंकाले सन् २०२४ मा १६ अर्ब अमेरिकी डलरभन्दा बढीको कीर्तिमानी कुल निर्यात राजस्व हासिल गरेको छ। 

images
images
images

देशको निर्यात विकास बोर्ड (ईडीभी) ले जारी गरेको पछिल्लो तथ्यांकले वार्षिक रूपमा ७.०६ प्रतिशतले वृद्धि भएको देखाएको छ। इडीभले सन् २०२४ राजस्वले सन् २०१८ मा रेकर्ड गरिएको उच्चतम निर्यात आयलाई पार गरेको जनाएको छ।

images
images

कपडा, चिया, रबर, नरिवलमा आधारित उत्पादन सन् २०२४ मा व्यापारिक वस्तुको निर्यात आम्दानी १.०४ अर्ब डलर पुगेको छ।

images
images
images

डिसेम्बर सन् २०२४ मा सेवा निर्यात ३२२.९२ लाख डलर अनुमान गरिएको थियो, जुन सन् २०२३ को सोही अवधिको तुलनामा उल्लेखनीय २९.९६ प्रतिशतले बढेको छ।

श्रीलंकाले सन् २०२२ को सुरुवातदेखि अप्रत्यासित र अपत्यारिलो स्तरको आर्थिक संकटको सामना गर्नुपरेको थियो। आफ्नो इतिहासमै पहिलोपटक श्रीलंकाले लिएको अन्तराष्ट्रिय ऋणको साँवाब्याज तत्काल तिर्न नसक्ने कारण आफू टाट पल्टेको घोषणा २०२२ अप्रिल १२ मा गरिदियो। २०२३ देखि नै देखिने गरी श्रीलंकाले राम्रो सुधारहरू गरिरहेको छ।

आईएमएफले समेत आर्थिक स्थितिमा विस्तारै सुधार भइरहेको जनाएको छ, सुधारको गतिलाई कायमै राख्नु महत्त्वपूर्ण रहेको आईएमएफको भनाइ छ। 

‘चिनियाँ ऋणको पासो कुटनीति'का कारण श्रीलंकामा समस्या परेको विश्लेषण हुने गरेको छ। यस्तोमा यही जनवरी १४ देखि १७ तारेखसम्ममा श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले चीनको भ्रमण गरे। चीनको उनको यात्रा श्रीलंकाको आर्थिक सुधार र विकासका लागि भएको श्रीलंकन सञ्चार माध्यमहरूले जनाएका छन्। ऋणबाट बाहिर निस्कने विषय नै भ्रमणको प्रुमख एजेण्डा भए पनि ऋणबाहेकका विकासका क्षेत्रमा नयाँ लगानी पनि प्राथमिकतामा राखिएको बताइएको छ। 

पछिल्लो चुनावपछि श्रीलंका आर्थिक क्षेत्रमा नयाँ अध्याय सुरु गर्ने चरणमा प्रवेश गरेको विश्लेषण भइरहेका छन्। २०२४ मा देखिएको आर्थिक स्थिरताले श्रीलंकालीहरूमा आश बढेको छ। 


प्रकाशित : मंगलबार, माघ १५ २०८१११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend