शनिबार, साउन १२ गते २०८१    
images
images
images

बागलुङमा थपिँदै सुविधासम्पन्न होटल

images
शुक्रबार, माघ १४ २०७८
images
images
बागलुङमा थपिँदै सुविधासम्पन्न होटल
images

बागलुङ- बागलुङमा सुविधासम्पन्न होटल थपिँदै गएका छन्। बागलुङमा थपिँदै गएका पर्यटकीय गन्तव्यका कारण पर्यटकको आकर्षण बढिरहेको भए पनि कोरोनाका कारण अहिले समस्या छ। जिल्लामा सुविधासम्पन्न होटल तथा रेष्टुराँ खुल्ने क्रम भने जारी नै रहेको छ।

images
images

बागलुङमा पछिल्लो समय होटल रेड एप्पल, होटल दि राजन र सगुन होटल सञ्चालनमा आएसँगै अहिले जिल्लाको प्रवेशद्वार कालिका मन्दिर गेटमा सुविधासम्पन्न ‘भिआइपी पर्यटक’होटल सञ्चालनमा ल्याइएको छ।

images

बागलुङ बजारभन्दा अलि तल शान्त वातावरणमा डिलक्स कोठासहित कालिका मल्टिप्यालेस नामक सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको छ। उन्नाइस वर्षदेखि होटल व्यवसायमा गर्दै आएका अर्जुन चोखालले बागलुङ कालिका मन्दिर गेटमा सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएका हुन्।

पाँच वर्ष काठमाडौंको ठमेल र १४ वर्षदेखि बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आएका चोखालले कालिका मन्दिरमा आउने पाहुना लक्षित गर्दै ३५ बेड क्षमताको कालिका मल्टिप्यालेस सञ्चालनमा ल्याएका हुन्

images

२०६५ बाट  ४२ लाख रुपैयाँको लागतमा बागलुङ बजारमा होटल समिट धवलागिरि सञ्चालन गर्दै आएका चोखालले होटल व्यवसाय फस्टाउँदै गएपछि कालिका मन्दिर गेटमा चार करोड रुपैयाँको लागतमा कालिका मल्टिप्यालेस नामक होटल हालैदेखि सञ्चालनमा ल्याएका हुन।

कोरोना महामारीको समयमा होटल व्यवसायी समस्यामा पर्दै आए पनि दीर्घकालीन सोचका साथ होटल व्यवसायमा करोडौं लगानी गरेको होटलका सञ्चालक अर्जुन चोखालले बताए।

चोखालले बागलुङ आएका पर्यटक बास बस्नकै लागि पोखरा पुग्ने अवस्थाको अन्त्य गर्न सुविधासम्पन्न होटल सञ्चालनमा ल्याएको बताए। उनले बागलुङमा स्टार होटलको खाँचो रहेको बताए। होटल व्यवसायमा लागेको १९ वर्षको अनुभवले होटल व्यवसायको सम्पूर्ण आम्दानी होटल व्यवसायमै लागानी थप्दै उनको भनाइ छ।

२०७३ मा सञ्चालनमा आएको कालिका मल्टिप्यालेमा बस्ने व्यवस्था थिएन, अहिले ३५ बेड क्षमताको एसी डिलक्स कोठासहितको सेवा थप गरेको गरेको उनको भनाइ छ।

देशका विभिन्न स्थानबाट कालिका मन्दिर दर्शन गर्न आउने तर राम्रो होटल नभएको भन्दै पोखरा फर्केर बस्ने परिपाटी रहेकाले मन्दिरको प्रवेशद्वारमा पर्यटक लक्षित गर्दै होटल सञ्चालनमा ल्याइएको उनले बताए।

होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका संयोजक तथा बागलुङ पर्यटन विकास समितिका सचिवसमेत रहेका चोखालले कालिका मल्टिप्यालेसले पाहुनालाई सन्तुष्टि दिने गरी होटल सञ्चालनमा ल्याएको बताए। जिल्लामा रिसोर्ट तथा स्टार होटलको अझै खाँचो रहेको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए।

खड्काले ढोरपाटनमा सुविधासम्पन्न होटल नभएकै कारण विदेशी पर्यटक हेलिकोप्टर चार्टर्ड गरेर ढोरपाटन आउने जाने गर्ने गरेको बताए। ढोरपाटन आएका पर्यटकले समेत ढोरपाटनमा सुविधासम्पन्न होटल नभएको भन्दै हेलिकोप्टर चार्टर्ड गरेर पोखरा र काठमाडौं पुग्नुपर्ने बाध्यता रहेको बताउँदै आएका छन् । रासस


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend