मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

माउन्टेन एयर र फ्लाइङ स्कुल डुबाएपछि अमेरिकी नागरिक बनेका शिवेन्द्र

सरकारी निकायदेखि बैंक वित्तीय संस्थाको कालोसूचीसँगै बहुविवाहको मुद्दासम्म

images
सोमबार, माघ १४ २०८१
images
images
माउन्टेन एयर र फ्लाइङ स्कुल डुबाएपछि अमेरिकी नागरिक बनेका शिवेन्द्र
images
images

काठमाडौं- सन् १९९७ मा स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतले बुद्ध एयरबाट आन्तरिक उडान सुरु गरेका थिए। बस्नेतले विचक्राफ्ट जहाजमार्फत उडान सुरु गरेको बुद्ध एयरले २७ वर्ष पूरा गरिसकेको छ। सुरक्षित उडानका लागि चिनिएर सफल बनिहेको बुद्ध एयर आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा दिन पहिलो कम्पनी हो।

images
images
images

आन्तरिक उडानमा ६२ प्रतिशतभन्दा बढी बजार हिस्सा बुद्ध एयरको रहेको छ। बुद्धले अहिले १६ वटा एटीआर ७२ र २ वटा एटीआर ४२ जहाजमार्फत उडान गरिरहेको छ। सुरक्षा र वित्तीय हिसाबले अब्बल सावित भएको बुद्ध एयरमा झगडा निम्त्याउन कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतकै भाइ शिवेन्द्र बस्नेत लागिपरिरहेका छन्। 

images
images

नागरिक उड्डयन व्यवसायमा भाइ शिवेन्द्र असफल साबित भइसकेका व्यक्ति हुन्। उनले माउन्टेन एयर र शिवानी एयर डुबाएको अपजस उनीमाथि छ। यी दुई कम्पनीले अहिले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बक्यौता तिर्न बाँकी नै छ। 

images
images
images

विगत दुई दशकदेखि शिवेन्द्र नेपाली बैंकको कालोसूचीमा पनि रहेका छन्। विदेशी पासपोर्टसमेत लिइसकेका उनै शिवेन्द्रले बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रको अवसानपछि एयरलाइन्सलाई धराशायी बनाउनेगरी गैरव्यावसायिक काम गरिरहेका छन्।

बुद्ध एयरमा कुनै सेयर नभएका शिवेन्द्र अहिले दाइ वीरेन्द्र तथा बुद्ध एयर असफल बनाउन लागिपरेका छन्। विभिन्न अड्डा अदालत तथा सरकारी निकायमार्फत आफ्नो सोच पूरा नभएपछि अहिले उनी राजनीतिक ढोका चहारिरहेका छन्।

शिवेन्द्रको साइनो बुद्ध एयरसँग कसरी जोडिएको थियो र कसरी उनी बाहिरिएका थिए त्यसलाई बुझ्न बुद्धको स्थापनाकालमा नै पुग्नुपर्ने हुन्छ। सुरेन्द्रबहादुर बस्नेतले १९९७ मा बुद्ध एयर स्थापना गर्दैगर्दा दुवै छोरालाई सँगसँगै जोडेर लैजाने लक्ष्यअनुसार काम थालेका थिए। वीरेन्द्रले व्यवस्थापन र शिवेन्द्रले पाइलट पढेका थिए। यी दुवै बिधालाई सदुपयोग गर्दै एयरलाइन्स सञ्चालन गरेर जनतालाई सेवा दिने लक्ष्यसहित सुरेन्द्र अघि बढेका थिए।

सुरुवातमा बुद्धमा दुवै भाइको १४/१४ प्रतिशत सेयर रहेको थियो। तर सुरेन्द्रको लक्ष्यअनुसार कान्छा छोरा शिवेन्द्रले काम गरेनन्। उनको ध्यान रमाइलोतिरै बढी थियो। कम्पनीलाई सुरुवाती चरणमा बिगार्नतिर लागेको आरोप उनीमाथि छ। अन्तत: एक वर्षकै अवधिमा शिवेन्द्रले आफ्नो सेयर बुबा सुरेन्द्रलाई नै बेचेर बाहिर निस्किए।

शिवेन्द्र बाहिरिएपछि सुरेन्द्रले १४ प्रतिशत सेयरमा ६ प्रतिशत सेयर थपेर २० प्रतिशत बनाइदिँदै वीरेन्द्रलाई नै सबै काम सुम्पिए। यता बुद्ध एयरबाट लिएको पैसाले शिवेन्द्रले सन् २००० मा माउन्टेन एयर खोले। बुद्ध एयरकै झण्डै ६० प्रतिशतभन्दा बढी दक्ष जनशक्ति लिएर माउन्टेन एयर खोलेका थिए। तर माउन्टेन एयर एक वर्षमा नै बन्द भयो। उनले एक सयभन्दा बढी कर्मचारीको बिजोग बनाइदिए।

माउन्टेन एयर बन्द भएपछि सन् २००७ तिर शिवेन्द्रले जेठी छोरीको नामबाट फेरि 'शिवानी फ्लाइङ स्कुल' स्थापना गरे। त्यहाँ दर्जनौँ विद्यार्थी पाइलटका लागि भर्ना भएका थिए। ती सबै विद्यार्थीको भविष्यमाथि खेलबाड गरेर बीचमा नै शरणार्थी बनेर अमेरिका पलायन भए। उनी अहिले अमेरिकी राहदानी लिएर बसेका छन्। उतै व्यापार व्यवसाय गरिरहेका छन्। अमेरिकामा एभरेष्ट म:म सञ्चालन गरिरहेका उनले विभिन्न व्यक्ति तथा बैंकसँग लिएको ऋणसमेत तिरेका छैनन्। 

यस्तोमा दाइ वीरेन्द्रले भने बुद्ध एयरलाई लगातार राम्रो बनाउँदै लगिरहेका थिए। बुद्ध एयरले आफ्नो व्यवसायलाई विस्तार गरिरहेको थियो। बुद्ध एयरको लोभलाग्दो छलाङलाई शिवेन्द्रले नजर लगाइरहेका थिए।

बुबा सुरेन्द्र जीवित रहँदासम्म शिवेन्द्र विदेशतिरै बसिरहेका थिए। २०७५ सालामा सुरेन्द्रले बुद्ध एयरमा आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बाँडफाँट गर्ने निर्णय गरे। सुरेन्द्रले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर आधा वीरेन्द्रको परिवार र आधा शिवेन्द्रको परिवारमा दिने निर्णय गरे। तर शिवेन्द्रको स्वभाव चिनेका बुबा सुरेन्द्रले उनलाई एक कित्ता पनि सेयर दिएनन्। शिवेन्द्रकी श्रीमतीलाई २५ प्रतिशत र तीन छोराछोरीलाई ५/५ प्रतिशतका दरले १५ प्रतिशत गरी ४० प्रतिशत सेयर दिए। बाँकी ४० प्रतिशत वीरेन्द्रको परिवारलाई दिए। 

सेयर बाँडफाँटको निर्णयसँगै सुरेन्द्रले सञ्चालक समितिको विषयमा पनि माइन्युट गरे। सञ्चालक समितिममा 'क' वर्ग र 'ख' वर्ग रहने व्यवस्था गरे। ‘क’ वर्गमा वीरेन्द्रको परिवार रहने र ‘ख’ वर्गमा शिवेन्द्रको परिवार रहने सर्वसहमत निर्णय गराउँदै सम्पूर्ण एयरलाइन्सको जिम्मा वीरेन्द्रले गर्ने निर्णय गराए। साथै 'क' वर्गबाट दुईजना र 'ख' वर्गबाट एकजना गरी तीनजनाको सञ्चालक समिति रहने व्यवस्था पनि सर्वसम्मत गराए। उक्त समयमा शिवेन्द्रलाई सुरेन्द्रले कतै पनि राख्न चाहेनन्। 

त्यसपछि शिवेन्द्रको परिवारले हरेक वर्ष आउने कम्पनी सञ्चालनको मुनाफा पनि लगिरहेको छ। बुबा सुरेन्द्रको निधनपछि शिवेन्द्र नेपालमा एनआरएनको रुपमा बस्दै बुद्ध एयर असफल बनाउनेगरी कामहरू गरिरहेका छन्। श्रीमती र बच्चाको सेयरलाई आफ्नो सेयर भन्दै कहिले अदालतमा मुद्दा लगेर दु:ख दिने त कहिले सरकारी अड्डामा अनावश्यक दु:ख दिनेगरी उजुरी हाल्ने काम गरिरहेका छन्।

अमेरिकी नागरिक बनेका शिवेन्द्रले अहिले बहुविवाहको मुद्दा पनि झेलिरहेका छन्। बहुविवाहको मुद्दा झेलिरहेका उनले अर्को महिलाबाट जन्मिएकी २० वर्षकी छोरीलाई नागरिकतासमेत दिन सकेका छैनन्। ती युवतीले जावलाखेलको निवास र डाँगीहाटमा रहेको खेतजग्गासमेत रोक्का गराएर राखेकी छिन्। 

कतैबाट पनि साथ पाउन नसकेपछि पछिल्लो समय शिवेन्द्रले राजनीतिक शक्तिको प्रयोग गर्ने प्रयास गरिरहेका छन्। नागरिक उड्डयन क्षेत्रमा असफल भइसकेका शिवेन्द्र एउटा सफल एयरलाइन्सलाई नै समस्यामा पार्ने खेलमा निरन्तर लागिरहेका छन्। यस्तो कठिन समयमा वीरेन्द्र भने बुद्ध एयरलाई सुरक्षित र अब्बल बनाउन लागिपरिरहेका छन्। 

वित्तीय सूचकमा पनि अब्बल बुद्ध एयर वित्तीय सूचकमा पनि अब्बल बुद्ध एयर


प्रकाशित : सोमबार, माघ १४ २०८११८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend