शुक्रबार, वैशाख २१ गते २०८१    
images
images

वित्तीय सूचकमा पनि अब्बल बुद्ध एयर

images
images
images
वित्तीय सूचकमा पनि अब्बल बुद्ध एयर

गएको वर्षको ९ महिनामा बुद्धले कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा बढी आम्दानी गर्न थालेको छ। एयरलाइन्सले सो अवधिमा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो कोरोना महामारी सुरु हुनुअघिकै वर्षभरको भन्दा धेरै आम्दानी हो।

images
images

काठमाडौं- सन् २०२० को सुरुदेखि नै आएको कोरोना महामारीले करिब दुई वर्ष थला परेको उड्डयन क्षेत्र र उड्डयन सेवा दिने एयरलाइन्स कम्पनीको आर्थिक अवस्था करिब धराशायी भएको थियो।

images
images
images

प्राविधिक र उच्च सञ्चालन खर्चको दायित्व भएका एयरलाइन्स कम्पनीहरू महिनौँ ठप्प हुँदा आर्थिक अवस्था खराब बनेको थियो। दुई वर्ष थलिएका कयौँ कम्पनीहरू अझै पुनरुत्थान भएका छैनन्।

images

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने संसारभरका एयरलाइन्स कम्पनीको अवस्था अझै सुधारोन्मुख मात्र छ। नेपालका प्राय एयरलाइन्स कम्पनीको आर्थिक अवस्था अझै सुधार भइसकेको छैन।

images

तर आर्थिक वर्ष २०७८/७९ मा नेपालको आन्तरिक हवाई उडान पुनरुत्थान भयो। हालसम्मकै धेरै यात्रुले आन्तरिक उडानबाट यात्रा गरे। यस्तोमा आन्तरिक उडानमा ५६ प्रतिशत बजार हिस्सा ओगट्ने बुद्ध एयरले व्यापारसँगै आर्थिक अवस्थामा पनि सुधार गरेको छ।

images
images

गएको वर्षको ९ महिनामा बुद्धले कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको तुलनामा बढी आम्दानी गर्न थालेको छ। एयरलाइन्सले सो अवधिमा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो कोरोना महामारी सुरु हुनुअघिकै वर्षभरको भन्दा धेरै आम्दानी हो।

महामारी सुरु भएपछि तीनवटा जहाज थप गरेको बुद्धको यो आम्दानी नेपाली यात्रुबाटै सम्भव भएको हो। यसअघि सामान्य अवस्थामा कूल आम्दानीको २० देखि २५ प्रतिशत अमेरिकी डलर आम्दानी हुने भए पनि अहिले पर्यटक आगमन धेरै नहुँदा खुम्चिएको छ।

एयरलाइन्सको मासिक आम्दानीमा पनि वृद्धि भएको छ। यो वर्ष आएर बुद्धले ८५ करोड मासिक आम्दानी गरेको छ। जबकि सन् २०१९ मा एयरलाइन्सले मासिक ५६ करोड आम्दानी गर्दै आएको थियो।

पछिल्लो समय आन्तरिक उडानमा यात्रुको संख्यामा वृद्धि भएको छ। यसको प्रभाव बुद्धको व्यापारमा देखिएको हो।

बुद्ध एयरले काठमाडौंबाहेक पोखराबाट देशको विभिन्न प्रदेशहरूसँग सिधा उडान गर्दै आएको छ। बुद्ध एयरले पोखराबाट भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान गर्दै आएको छ। ७२ सिटे एटीआर-७२ जहाज ११ वटा, ४२ सिटे एटीआर-४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाज भएको एयरलाइन्स आन्तरिक उडानमा वर्षौँदेखि एकछत्र राज गर्दै आएको छ।

बजार बढ्दा बजारको लिडरले लाभ लिने कुरा स्वभाविक भएपनि बुद्धले महामारीकालको आर्थिक खाडल पनि अरुको तुलनामा छिटै पुर्न सफल भएको छ।

क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले बुद्ध एयरको आर्थिक अवस्थामा सुधार हुँदै गएको भन्दै विगतको वाच लिस्टबाट हटाएको छ। आर्थिक अवस्थामा सुधार भएपछि वित्तीय सन्तुलन कायम रहेको जोखिमरहित अवस्था सिर्जना भएको इक्राले उल्लेख गरेको छ।

आकस्मिक जोखिमबाहेक नियमित रुपमा प्रक्षेपणयोग्य नहरेको कम्पनीले स्पष्ट पारेको छ। इक्राकै रेटिङअनुसार बुद्ध एयर वित्तीय सूचकमा अब्बल देखिएको छ। अन्य प्रतिस्पर्धी एयरलाइन्सको तुलनामा बजार हिस्सामा धेरै गुणाले अघि देखिएको बुद्धको वित्तीय स्वास्थ्य पनि गुणात्मक देखिएको छ।

बुद्धको क्रेडिट रेटिङ गर्दै इक्राले दीर्घकालीन ऋणका लागि ए माइनस रेटिङ गरेको छ। यसअघिको वाचलिस्ट हटाउँदै इक्राले बुद्धको रेटिङ ए माइनस गरेको हो। यो भनेको न्यून कर्जा जोखिम श्रेणीमा पर्छ।

त्यस्तै छोटो समयका लागि भने ए टू प्लस रेटिङ गरेको छ। यो भनेको उच्च सुरक्षित वित्तीय अवस्थाको चित्रण गर्ने रेटिङमा पर्छ।

बुद्ध एयर सबैभन्दा ठूलो एयरलाइन्स हो। त्यसैले यसले उच्च आम्दानी गर्छ। सँगै खर्च पनि सोहीअनुसार हुन्छ। यसका लागि किफायती सञ्चालन आवश्यक हुन्छ। वित्तीय सन्तुलनका लागि बुद्धले यही सन्तुलन कायम गरेको छ। व्यवस्थापकीय कौशल तथा किफायती सन्तुलनबाट बुद्धले आफ्ना वित्तीय सूचकलाई महामारीकालपूर्वकै अवस्थामा फर्काउन खोजेको छ।

मुख्य वित्तीय सूचक :

कुनै पनि संस्थाको व्यवसायले निश्चित समयमा गर्ने आम्दानी, त्यस्तो सेवा सञ्चालन लाग्ने खर्च कटौती गरेर निस्केन रकम कति छ? भन्ने कुराले त्यसको सञ्चालन कत्तिको किफायति छ भन्ने कुरा देखाउँछ। कर, ह्रासकट्टी लगायतका खर्च कटौतीपूर्वको यस्तो नाफामा बुद्ध एयरको अवस्था सुधारोन्मुख देखिएको छ। गएको वर्ष बुद्धले यस्तो कूल आम्दानीको १४.१ प्रतिशत सञ्चालन मुनाफा गर्न सफल भएको छ। त्यसअघिको महामारीको वर्ष ११.६० प्रतिशत थियो भने महामारीभन्दा अघिल्लो वर्ष ३१ प्रतिशतसम्म पुगेको थियो।

बुद्ध एयरको टेन्जिबल नेटवर्थ अनुपातमा पनि सुधार भइरहेको छ। महामारीकालपूर्वका वर्षको तुलनामा बढेपनि गएको वर्षदेखि यसमार सुधार देखिएको छ। कूल चल सम्पत्ति र कूल ऋणको तुलना गरिने यो अनुपात बुद्धको अन्य एयरलाइन्सको तुलनामा सन्तुलनकारी देखिएको छ।

 

 

 

 

 

 

 

TOTAL DEBT/TANGIBLE NET WORTH

 

 

 

 

 

 

Airline

16-17

17-18

18-19

19-20

20-21

21-22

Buddha

          0.60

          0.99

          0.96

          1.13

          1.86

                   1.62

Yeti

          3.70

          7.60

          7.80

        88.50

     (12.40)

            (257.20)

Shree

        14.49

        37.64

        40.08

        47.01

Issuer not cooperating

स्रोत: रेटिङ एजेन्सी

कूल बाह्य दायित्व र चल सम्पत्तिको अनुपात जसले कुनै पनि कम्पनीको सञ्चालन कति धेरै ऋणमा निर्भर छ भन्ने देखाउँछ। यस्तो अनुपात पनि बुद्ध एयरको सन्तुलनकारी छ। यस्तो अनुपात बुद्ध एयरको २.२७ गुणा रहेको छ। कूल चल सम्पत्तिको २.२७ गुणासम्म कूल दायित्व रहेको छ। अन्य एयरलाइन्सको तुलनामा बुद्धको दायित्व सुविधाजनक अवस्थामा रहेको छ।

     

 

TOTAL OUTSIDE LIABILITIES/TNW

 

 

 

             

Airline

16-17

17-18

18-19

19-20

20-21

21-22

Buddha

          1.50

          1.62

          1.39

          1.58

          2.29

                   2.27

Yeti

          5.20

          8.90

          8.70

        97.80

     (15.00)

            (294.30)

Shree

        21.40

        51.44

        47.18

        60.12

Issuer not cooperating

                   

स्रोत: रेटिङ एजेन्सी

कुनै पनि कम्पनी ऋणका हिसाबले कति जोखिमपूर्ण छ भनेर हेरिने अर्को तथ्यांक हो ऋण र सञ्चालन मुनाफाको अनुपात।

कम्पनीले सञ्चालन मुनाफाको तुलनामा कति ऋण लिएको छ भनेर निकालिने यस्तो अनुपात बुद्ध एयरको २.२१ रहेको छ। यस्तो अनुपात जति न्यून हुन्छ त्यति नै आम्दानीबाट ऋण तिर्ने सहज अवस्था हुन्छ। अन्य एयरलाइन्सको तुलनामा बुद्धको तथ्यांक धेरै गुणा सकारात्मक रहेको छ।

       

DEBT/OPBDITA Ratios comparison

           

Airline

16-17

17-18

18-19

19-20

20-21

21-22

Buddha

          0.70

          1.11

          1.46

          2.60

          9.04

                   2.21

Yeti

          4.10

          5.90

          8.30

        27.00

     (24.20)

                   7.50

Shree

   (297.18)

          7.88

          6.31

          8.06

Issuer not cooperating

  स्रोत: रेटिङ एजेन्सी

कुनै पनि कम्पनीको कूल ऋणको ब्याज खर्च र आम्दानीको अनुपात अर्को मुख्य सूचक हो। कुनै पनि संस्थाको आम्दानीले कति ब्याज तिर्न सक्छ वा सक्दैन भन्ने कुराले वित्तीय स्वास्थ्य वा ऋणको जोखिम निर्धारण हुन्छ। यस्तो अनुपात जति थोरै भयो उति नै कम्पनीमाथि ऋणको भार बढ्छ। अर्थात् ऋण सर्भिसिङबाहेक सञ्चालनका अन्य क्षेत्रमा लगानीका लागि पर्याप्त पुँजी हुँदैन। यो अनुपातमा बुद्ध एयरको प्रदर्शन उच्च रहेको छ। बुद्ध एयरको अनुपात ८.६४ रहेको छ। अन्य एयरलाइन्सको तुलनामा बुद्धको अनुपात उच्च रहेको छ।

Interest Coverage Ratio Comparison

     
             

Airline

16-17

17-18

18-19

19-20

20-21

21-22

Buddha

        23.40

        22.28

        12.18

          7.93

          4.68

                   8.64

Yeti

          2.70

          2.00

          1.50

          0.40

        (0.60)

                   2.20

Shree

        (0.17)

          1.65

          2.19

          2.20

Issuer not cooperating

  स्रोत: रेटिङ एजेन्सी

images

प्रकाशित : बिहीबार , भदौ ३० २०७९०३:५५

प्रतिक्रिया दिनुहोस