मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१० अंकले घट्यो सेयर बजार, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

सोमबार, माघ १४ २०८१
१० अंकले घट्यो सेयर बजार, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

काठमाडौं- यो साता पहिलो कारोबारमा आइतबार घटेको सेयर बजार दोस्रो कारोबारमा सोमबार पनि ओरालोतिर नै लागेको छ।

आइतबार १०.४१ अंकले घटेको बजार सोमबार पनि १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा झरेको छ। ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँको कारोबार भएको बजारमा १०५ कम्पनीको मूल्य बढेको छ। १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लगातार उचाइतर्फ देखिएर गएको साताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालोतिर नै लागेको हो। लगातार ७६.८ अंकले बढेपछि ओरालो लागेको बजार थामिन सकेको छैन।

गएको साता साता आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेको थियो। बुधबार ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको थियो। गएको साता बिहीबार बजार ११.१० अंकले घटेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ १४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend