शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

१० अंकले घट्यो सेयर बजार, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार

images
सोमबार, माघ १४ २०८१
images
images
१० अंकले घट्यो सेयर बजार, ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- यो साता पहिलो कारोबारमा आइतबार घटेको सेयर बजार दोस्रो कारोबारमा सोमबार पनि ओरालोतिर नै लागेको छ।

images
images
images

आइतबार १०.४१ अंकले घटेको बजार सोमबार पनि १०.६६ अंकले घटेर २६३३.२७ बिन्दुमा झरेको छ। ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँको कारोबार भएको बजारमा १०५ कम्पनीको मूल्य बढेको छ। १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

लगातार उचाइतर्फ देखिएर गएको साताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो र दोस्रो कारोबारमा पनि ओरालोतिर नै लागेको हो। लगातार ७६.८ अंकले बढेपछि ओरालो लागेको बजार थामिन सकेको छैन।

images
images
images

गएको साता साता आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेको थियो। बुधबार ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको थियो। गएको साता बिहीबार बजार ११.१० अंकले घटेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, माघ १४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend