मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

ग्रामीण कृषि : लिफ्ट सिँचाइले फेरियो मेटेराको मुहार

images
सोमबार, माघ १४ २०८१
images
ग्रामीण कृषि : लिफ्ट सिँचाइले फेरियो मेटेराको मुहार

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ। साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ।

images
images

दाङ- तुलसीपुर उपमहानगरपालिका-१४  मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन्। उनले तोरी, चना, केराउ खेतीबाट प्रशस्त आम्दानी गरेका छन्। लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन्।

images
images
images

'पहिले नौ बिघा जमिनमा  तोरी, चना र केराउखेती गरे पनि  उत्पादन कम हुन्थ्यो  तर अहिले  पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ। लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो', उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने।

images
images

उनले पाँच बिघामा तोरी  र बाँकी भूमिमा  केराउ तथा चनाखेती गरेका छन्। उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन्। कृषि उपज बेचेर बितेको याममा आफूले रु पाँच लाख बचत गरेको उनले बताए। उनी कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन्। पूर्व वडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन्। यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन्। 

images
images

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ। साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ। यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले  तोरी तथा  सागसब्जी बेचेर आर्थिकरुपमा आफू आत्मनिर्भर भएको बताएका छन्। उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी रोपेका छन्। उनी आफ्ना उत्पादन स्वयं बजार पुर्‍याउँछन् र आफै बेच्छन्।

टमाटर र काउली र  धनियाँ बिक्री गरेर डेढ लाख रूपैयाँ आम्दानी गरेको उनले बताए। तोरी बेचेर अर्को तीन लाख ५० हजार बचत गरेको उनले सुनाए। सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो। थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छन्।

मोटरमा कृषि उपज बजारसम्म लैजाने उनीमात्र छैनन्। उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ। मेटेरा गाउँका एकसय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन्। एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो। 

यसैबीच, लुम्बिनी प्रदेश सरकारले  मटेरा र लुहाडबरा गाउँलाई  ‘स्मार्ट’कृषि गाउँ घोषणा  किसानलाई  तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण  गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित गरेको छ। रासस


प्रकाशित : सोमबार, माघ १४ २०८१११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend