बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

विराट एक्स्पो २०२५ : चर्चा अन्तर्राष्ट्रियस्तरको, कारोबार किराना पसलको

images
सोमबार, माघ १४ २०८१
images
images
विराट एक्स्पो २०२५ : चर्चा अन्तर्राष्ट्रियस्तरको, कारोबार किराना पसलको

होटेलको स्टलतर्फ धुलोको कारण ग्राहक बस्न मान्दैनन्। आयोजकले एक्स्पोको भव्यतामा ध्यान दिए पनि ग्राहक र आगन्तुकतर्फ चासो नदिएको प्रस्ट छ।

images
images

इटहरी- विराटनगरको डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ जारी छ। गएको आइतबार अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको एक्स्पोमा अन्तर्राष्ट्रिय आगन्तुक आउनेगरी चर्चा भएको आयोजक उद्योग संगठन मोरङको दाबी छ। आयोजकको दाबीलाई झुटो ठहर्‍याउने गरी एक्स्पोको प्रवेशद्वारदेखि नै धुलोको सास्ती भोग्नुपर्ने अवस्था सृजना भएको छ।

images
images
images

धुलोको कारण भ्रमण गर्न आएका आगन्तुक मास्क लगाएर मात्र हिँड्न सक्छन्। सय रूपैयाँ शुल्क तिरेर प्रवेश गरेका आगन्तुक किराना पसल र कपडाको स्टलमा पुगेरमात्र रोकिन्छन्।

images
images

धोनी साबुन एक दर्जन किन्दा अर्को एक दर्जन भाँडा धुने साबुन सित्तैमा भन्ने अफरमा पुगेर आगन्तुक अड्किन्छन्। त्यसबाहेक दैनिक उपभोग्य किराना सामानमा स्थानीय गृहिणीको चासो छ। बाहिरभन्दा केही सस्तो पर्ने भएकाले सय रुपैयाँ तिरेरै भए पनि किरानाको सामान किन्न ग्राहक पुगेका छन्।

images
images
images

बंगलादेशको कपडादेखि दुगडको घरेलु उत्पादनमा ग्राहको भीड लागेको छ। घरका भाँडाकुँडादेखि सरसफाइका सामानको खरिदबिक्री राम्रै चलिरहेको छ। एभोकाडो र किवीको परिकारमा पनि चासो छ।

खानेकुराको छुट्टै स्टल व्यवस्थापन गरिएको छ। होटेलको स्टलतर्फ धुलोको कारण ग्राहक बस्न मान्दैनन्। आयोजकले एक्स्पोको भव्यतामा ध्यान दिए पनि ग्राहक र आगन्तुकतर्फ चासो नदिएको प्रस्ट छ।

birat expo1.jpg

कोशी प्रदेश सरकारसँगै मिलेर लगानी सम्मेलन र एक्स्पो एकैपटक गर्नेगरी तयारी गरेर उद्योग संगठन मोरङले छुट्टै एक्स्पो सञ्चालन गरेको हो। सरकारले लगानी सम्मेलन पछि सारेपछि एक्लिएको उद्योग संगठनले एक्स्पोमा सबै खालका स्टललाई ध्यान दिएको छ।

बीवाईडी गाडीको मुख्य स्टल र लगानी रहेको एक्स्पोमा हुलास मोटर्सको तीनपांग्रेबाहेक अन्य विद्युतीय गाडीको स्टल छैन। बीवाईडीले बिक्री मूल्यबराबरको मर्मत शुल्क लिएको चर्चाका बीच एक्स्पोमा मुख्य आकर्षक बनेको छ।

birat expo4.jpg

त्यसबाहेक प्रदेश सरकारको समाजिक विकास मन्त्रालयले सीप भएका तर सर्टिफिकेट नपाएका युवाहरूको लागि प्रमाणपत्र दिने व्यवस्था गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयले आत्महत्या तथा विद्युतीय अपराधको विषय सचेतना अभियान चलाएको छ।

भर्खरै सम्पन्न धरान एक्स्पोमा राम्रो व्यापार गरेकी चोलुङ ढाका कपडा पसलकी सञ्चालक निर्मला केरुङ विराट एक्स्पोमा निराश छिन्। उद्घाटनको दिनसमेत सामान्य व्यापार नगरेकी उनी एक्स्पो अवधिभर बस्न नसक्ने बत्ताउँछिन्।

birat expo3.jpg

रक्तकाली अर्गानिक किसान समूहको स्टलमा पनि कारोबार छैन। स्टलकी सञ्चालक सारिका प्रधान पहिलाजस्तो व्यापार नभएको बताउँछिन्। अघिल्लो वर्षहरूमा धेरै भिडभाड लाग्ने गरेपनि यसपटक कसैले चासो नदिएको उनको भनाइ छ।

सङ्खुवासभाबाट सक्खर व्यापार गर्न पुगेका दिलबहादुर मगर पनि निराश छन्। धरानको कारोबारले हौसिएका उनी मंगलबारदेखि यहाँ नआउने तयारीमा छन्। 

birat expo5.jpg

आठौँ संस्करणसम्म आइपुगेको विराट एक्स्पोलाई नेपालमा अहिलेसम्म आयोजना भएका अन्तर्राष्ट्रियस्तरको औद्योगिक एक्स्पोमध्येको ठूलो बन्ने आयोजकले जनाएको छ। एक्स्पोलाई औद्योगिक एक्स्पोका रूपमा अघि बढाइरहेका कारण उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान, उद्यमी व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त अवसर हुने बताइएको छ।

birat expo2.jpg

एक्स्पो संयोजक भोलेश्वर दुलालले एक्स्पोमा ९ वटा पेभिलियन र २ सय ६८ वटा स्टलहरू रहेको उल्लेख गरे। माघ २१ गतेसम्म चल्ने एक्स्पोमा रोजगार कोशी पेभिलियनमार्फत युवाहरूलाई आफ्नो व्यावसायिकता विकासमा परामर्श सेवा प्रदान गर्दै हस्पिटालिटी, आईटी र इलेकट्रिकल क्षेत्रमा टेवा पुग्ने दुलालले बताएका छन्।  


प्रकाशित : सोमबार, माघ १४ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend