मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपालमा अमेरिकी अनुदानका १ अर्ब ६५ करोड डलरका ६८ परियोजना चालु अवस्थामा

आइतबार, माघ १३ २०८१
नेपालमा अमेरिकी अनुदानका १ अर्ब ६५ करोड डलरका ६८ परियोजना चालु अवस्थामा

यद्यपि अमेरिकी सहयोग नेपालमा अफ बजेट खर्च हुँदै आएको छ। अमेरिकाले गैरसरकारी संस्था मार्फत् आफ्नो सहायता परिचालन गर्छ र त्यसको वास्तविक आँकडा सरकारसँग नहुनसक्छ।

काठमाडौं- सयुक्त राज्य अमेरिकाले विश्वभरको अनुदान सहायता रोकेको छ। नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अमेरिकी सरकारले सबै कुटनीतिक नियोगलाई पत्राचार गर्दै नयाँ सहायता रोक्न र मौजुदा सहायताको काम पनि ९० दिनका लागि रोक्न निर्देशन दिएको छ। 

विश्वभरका समाचार संस्थाहरूले अमेरिकी सरकारको उक्त केवललाई उद्धृत गर्दै समाचार लेखेका छन्। अमेरिकाले इजरायल र इजिप्टको आपतकालीन सहायता बाहेक सबै रोक्न निर्देशन दिएको हो। 

राष्ट्रपति ट्रम्पले वृहत समीक्षापछिमात्र अनुदान सहायतामा थप निर्णय हुने भन्दै तत्काल रोकिदिएका छन्। कुनै पनि सहायताले अमेरिकालाई बलियो, धनी र सुरक्षित बनाउने ग्यारेन्टी नभएसम्म फेरि सुरू नगर्ने बताइसकेका छन्। 

यो ९० दिनका लागि सबै अनुदान सहायता रोकिने भएका छन्। 

नेपाल पनि लामो समयदेखि अमेरिकी सहायता परिचालन गर्ने देशमा पर्दै आएको छ। अमेरिकी सहायोग नियोग मार्फत् हालसम्म २०८ परियोजनामा २ अर्ब ६० करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्वतता जनाइकसकेको छ। यसमध्ये १ अर्ब ५० करोड रकम आएको छ भने १६. करोड ७२ लाख डलर खर्च भएको सरकारी आँकडा रहेको छ। 

अर्थ मन्त्रालयको तथ्यांक अनुसार हाल १ अर्ब १० करोड डलरका ६६ परियोजना चालु अवस्थाका रहेका छन्। अहिलेको अमेरिकी अर्डरले यो रकम थप प्राप्तिको काम अवरुद्ध भएको छ। 

यद्यपि अमेरिकी सहयोग नेपालमा अफ बजेट खर्च हुँदै आएको छ। अमेरिकाले गैरसरकारी संस्था मार्फत् आफ्नो सहायता परिचालन गर्छ र त्यसको वास्तविक आँकडा सरकारसँग नहुनसक्छ। 

त्यस्तै पछिल्लो अमेरिकी आदेशले यूएसएड मार्फतको सहायता बाहेक एमसीसी परियोजना पनि चालु अवस्थामा रहेको छ। एमसीसीमा सुरूमा अमेरिकाले ५० करोड डलर  पछि ५ करोड डलर थप गरेर ५५ करोड प्रतिबद्धतता गरेको छ। 

यद्यपि पछिल्लो आदेशका बारेमा नेपालको अर्थ मन्त्रालय भने जानकार रहेको छैन। अहिलेसम्म सरकारालई औपचारि जानकारी नआएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए। 

‘यो बारेमा मन्त्रालयलाई अहिलेसम्म औपचारिक जानकारी केही पनि आएको छैन’ उनले भने। 


प्रकाशित : आइतबार, माघ १३ २०८११८:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend