सोमबार, माघ १४ गते २०८१    
सोमबार, माघ १४ २०८१
images
images

निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा सांसदको जोड

images
आइतबार, माघ १३ २०८१
images
images
निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा सांसदको जोड

सांसद नरबहादुर विष्टले निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा होटल र अन्य व्यवसाय सञ्चालन, पर्या-पर्यटन प्रवर्द्धनलगायत विषयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

images
images

काठमाडौं- राष्ट्रियसभाका सांसदहरूले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

images
images
images

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सांसदहरूले निकुञ्ज क्षेत्रभित्र हेलिप्याड निर्माण, उडान तथा अवतरणलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राखेका हुन्।

images

सांसद गोमादेवी तिमल्सिनाले सरकारले पूर्वाधार विकासका क्षेत्रमा काम अगाडि बढाउँदै गर्दा प्राकृतिक सम्पदालाई जोगाउने र स्थानीय जनताको चाहानालाई पनि ध्यान दिनुपर्नेमा जोड दिइन्। उनले निकुञ्ज क्षेत्रलाई प्राकृतिक उद्योगका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने धारणा राखिन्।

images
images
images

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सरकारले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई जोगाउँदै त्यसको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए। सांसद नरबहादुर विष्टले निकुञ्ज र मध्यवर्ती क्षेत्रहरूमा होटल र अन्य व्यवसाय सञ्चालन, पर्या-पर्यटन प्रवर्द्धनलगायत विषयलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड दिए।

सांसद युवराज शर्माले नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा, दहत्तर, बहत्तर) को उपभोग, बिक्री वितरणलाई व्यवस्थापन गर्नुका साथै मध्यवर्ती क्षेत्रभित्र र बाहिर प्रयोग हुने नदीजन्य पदार्थको मूल्यमा एकरुपता हुनुपर्नेमा जोड दिए।

सांसद रेनु चन्दले सम्बन्धित प्रदेश र स्थानीय तहले वन तथा वातावरणसम्बन्धी कानून तर्जुमा गर्ने सम्बन्धमा त्यस क्षेत्रका निकुञ्ज कार्यालयका प्रतिनिधिसँग छलफल गरी अघि बढ्नुपर्ने धारणा राखिन्। रासस


प्रकाशित : आइतबार, माघ १३ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend