मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

१० अंकले घट्यो सेयर बजार, ९ अर्ब १२ करोड रुपैयाँको कारोबार

आइतबार, माघ १३ २०८१
१० अंकले घट्यो सेयर बजार, ९ अर्ब १२ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार उचाइतर्फ देखिएर गएको साताको अन्तिम कारोबारमा घटेको सेयर बजार यो साता पहिलो कारोबारमा पनि ओरालोतिर नै लागेको छ। लगातार ७६.८ अंकले बढेपछि ओरालो लागेको बजार थामिन सकेको छैन।

यो साता पहिलो कारोबारमा आइतबार १०.४१ अंकले घटेर बजार २६४३.९३ बिन्दुमा झरेको छ। ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँको कारोबार भएको बजारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता साता आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेको थियो। बुधबार ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको थियो। गएको साता बिहीबार बजार ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको थियो। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। माघमा बजार नयाँ उचाइमा जाने अपेक्षामा लगानीकर्ता रहेका छन्।

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, माघ १३ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend