सोमबार, माघ १४ गते २०८१    
सोमबार, माघ १४ २०८१
images
images

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

images
आइतबार, माघ १३ २०८१
images
images
कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

images
images

दाङ- कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन घटेको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ७१ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको छ।

images
images
images

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ। 'भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ', कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने। यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको  गुनासो रहेको छ।

images

गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो। यसमा नौ लाख रूपैयाँ राजस्व उठेको थियो। यो लक्ष्यको ७६ प्रतिशत हो। लक्ष्यभन्दा दुई लाख ७६ हजार रूपैयाँ कम राजस्व संकलन भएको छ। भदौमा १३ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

images
images
images

यसमा ६ लाख रूपैयाँ राजस्व संकलन भएको छ। लक्ष्यभन्दा सात लाख रूपैयाँ कम राजस्व संकलन भएको छ। असोजमा १३ लाख २६ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य लिएकामा सात लाख रूपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६ लाख रूपैयाँ कम हो।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा नौ लाख रूपैयाँ संकलन भएको छ। यो ७०.९० प्रतिशत हो। तर पनि लक्ष्यभन्दा तीन लाख रूपैयाँ कम राजस्व संकलन भएको छ। मङ्सिरमा १३ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा नौ लाख रूपैयाँ संकलन भएको छ। यो ६५.१४ प्रतिशत हो। लक्ष्यभन्दा चार लाख ७६ रूपैयाँ कम राजस्व संकलन भएको छ।

पुसमा १३ लाख रूपैयाँ को लक्ष्य लिएकामा ३० लाख रूपैयाँ संकलन गरिएको छ। यो लक्ष्यको दुईसय २९ दशमलव ९२ प्रतिशत बढी हो। लक्ष्यभन्दा १७ लाख रूपैयाँ बढी राजस्व संकलन भएको निमित प्रमुख रजौरे बताउँछन्। भन्सार कार्यालयले चालु आवमा एक करोड ६५ लाख रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित प्रमुख रजौरेले बताउनुभयो ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो। भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताए। भारतबाट नेपाल आउने गाडीलाई दैनिक ६ सय र मोटरसाइकलबाट प्रतिदिन दुईसय रूपैयाँ लिने गरेको उनले बताए।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ।

भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ १३ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend