मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

दोस्रो बजारमा यी ११ कम्पनीको सेयर मूल्यमा बन्यो नयाँ रेकर्ड, कुनको कति?

शनिबार, माघ १२ २०८१
दोस्रो बजारमा यी ११ कम्पनीको सेयर मूल्यमा बन्यो नयाँ रेकर्ड, कुनको कति?

पुस महिनामा सर्वाधिक सेयर कारोबारको हिस्सा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ओगटेको छ।

काठमाडौं- दोस्रो बजारमा ११ कम्पनीको सेयर मूल्यमा नयाँ रेकर्ड बनेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पछिल्लो समय द्रुतगतिमा बढेर यी कम्पनीले सेयर मूल्यमा रेकर्ड बनाएका हुन्। जसमा लगानी समूह हाइड्रोपावरसहितका समूहमा रहेका ११ कम्पनी छन्, जसको सेयर मूल्य बढ्नेक्रम अझै जारी छ।

नेप्सेका अनुसार पुस महिनामा सर्वाधिक सेयर कारोबारको हिस्सा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ओगटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको तथ्यांकलाई हेर्दा पुस महिनामा यो कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख रूपैयाँभन्दा बढीको २५ लाख ३२ हजार कित्ता सेयर कारोबार भएको हो।

नेप्सेका अनुसार पुस महिनामा दोस्रो बजारमा कुल ८९ अर्ब २४ करोड ६३ लाख रूपैयाँ बराबरको २० करोड २४ लाख ८८ हजार कित्ता धितोपत्र कारोबार भएको छ। पुस महिनामा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्टक्चरसँगै जानकी फाइनान्स, प्रभु बैंक, नेपाल फाइनान्स, रिभर फल्स पावर, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सुपरमादी हाइड्रोपावर, न्यादी हाइड्रोपावर र जोशी हाइड्रोपावर छन्।

सर्वाधिक रकमको सेयर कारोबार भएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य पनि पुसमा बढेको देखिन्छ। मंसिर मसान्तसम्म प्रतिकित्ता १ हजार ३० रूपैयाँ कायम भएको यस कम्पनीको सेयर मूल्य पुस मसान्तसम्म प्रतिकित्ता १ हजार १३५ रूपैयाँ कायम भएको थियो।

निरन्तर बढिरहेको कम्पनीको मूल्य बिहीबारसम्म १ हजार २ सय १० रूपैयाँ प्रत्तिकित्ता मूल्यमा खरिदबिक्री भएको छ। जुन मूल्य कम्पनीको हालसम्मकै उच्च मूल्य हो।

यी हुन् उच्च मूल्य बनाउने ११ कम्पनी

क्र.सं

नाम

सेक्टर

पछिल्लो मूल्य

एनआरएन

लगानी

१२१० रूपैयाँ

सिक्लेस

हाइड्रोपावर

१००६ रूपैयाँ

एनएलजी

निर्जीवन बीमा

१०९९ रूपैयाँ

ग्रीन

विकास बैंक

१४८० रूपैयाँ

दोल्ती पावर

हाइड्रोपावर

९९५ रूपैयाँ

नेपाल हाइड्रो डेभलपर्स

हाइड्रोपावर

९३० रूपैयाँ

सप्तकोशी

विकास बैंक

१५०० रूपैयाँ

सिटिजन्स लाइफ

जीवन बीमा

७३६ रूपैयाँ

धौलागिरि

लघुवित्त

२०८७ रूपैयाँ

१०

इङवा हाइड्रोपावर

हाइड्रोपावर

७६६ रूपैयाँ

११

कर्पीरेट

विकास बैंक

१९३३ रूपैयाँ

 

 


प्रकाशित : शनिबार, माघ १२ २०८११६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend