मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

कमला नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी परिचालन

images
शनिबार, माघ १२ २०८१
images
कमला नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी परिचालन

लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो।

images
images

जनकपुरधाम- धनुषाको कमला नदीबाट भइरहेको अवैध उत्खननलाई रोक्न जिल्ला प्रहरी कार्यालयले कडाइका साथ प्रहरी परिचालन गरिरहेको छ।

images
images
images

लामो समयदेखि नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्न प्रयोग गर्दै आएका वैकल्पिक रूपमा प्रयोग गरिने बाटोलाई खनेर बन्द गर्ने, निगरानी गर्ने, उत्खननको काममा संलग्न ट्र्याक्टर तथा अन्य उपकरण नियन्त्रणमा लिनेलगायत काममा प्रहरीले सक्रियता बढाएको हो।

images
images

पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै अवैध गिटी, बालुवाको उत्खनन बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवैध उत्खननमा संलग्न ट्र्याक्टर तथा उपकरण नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

images
images

अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गर्नेलाई पटकपटक समातेर जरिवाना गरे पनि दोहन बन्द नभएपछि वैकल्पिक रूपमा प्रयोगमा आएका बाटोलाई खनेर बन्द गर्न थालेपछि उत्खनन रोकिएको उनले बताए।

मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिका क्षेत्रभित्र पर्ने  कमला नदीको अवैध उत्खनन रोक्न प्रहरी परिचालन गरी निगरानी बढाएपछि उत्खनन नियन्त्रणमा आएको गणेशमानका नगरप्रमुख जितनारायण यादवले बताए। आन्तरिक समस्याले यस वर्ष ठेक्का नलागेकाले कमला नदीमा अवैध उत्खनन अत्यधिक भएकामा हाल नियन्त्रणमा आएको उनको भनाइ थियो। 

नगरप्रमुख यादवले स्थानीय तहमा दर्ता नभएका, नवीकरण नगराएका तथा लामो समयदेखि राजस्व नबुझाएका क्रसर उद्योगसमेत बन्द गराइएको उल्लेख गरे। उनका अनुसार अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा पनि माग गरिएको छ।

केही वर्षयता धनुषाको उत्तरी क्षेत्रमा पर्ने जलाद, औरही, बडाहरी, रातु र कमला नदीबाट हुने गरेको गिटी, बालुवाको दोहन रोकथाम गर्न स्थानीय तह र प्रहरी प्रशासनलाई समस्या भएकाले जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्नुपर्ने स्थानीयको माग छ। क्रसर उद्योगी तथा गाउँका केही व्यक्तिले रातिको समयमा टिपर तथा ट्र्याक्टरको प्रयोग गरी अवैध रूपमा बालुवा र गिटीको उत्खनन गर्दै आएका थिए। रासस


प्रकाशित : शनिबार, माघ १२ २०८११५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend