बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

'भिजिट भिसामा विदेश लगेर अलपत्र पारिदिनेलाई कारबाही हुन्छ'

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
images
images
'भिजिट भिसामा विदेश लगेर अलपत्र पारिदिनेलाई कारबाही हुन्छ'
images
images

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा विदेश पुर्‍याइ नेपाली नागरिकहरूलाई अलपत्र बनाउने बैदेशिक रोजगार व्यवसायीहरूलाई सरकारले कारबाही गर्ने बताउनु भएको छ।

images
images

बिहीबार मन्त्रालयमा भिजिट भिसामा यूएई पुगेर अलपत्र भइ फर्केकाहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

images
images

उनले आकर्षक रोजगारीको प्रलोभन देखाई विदेशमा अलपत्र बनाउने दलाल र म्यानपावर कम्पनीहरूको फन्दाबाट जोगाउन सरकारले मन्त्रालयका उपसचिव तथा सिआईबीका प्रहरी नायब उपरिक्ष सम्मिलित मार्सल टिम गठन गरेको बताए। मन्त्री श्रेष्ठले भिजिट भिसामा यूएई लगेर अलपत्र बनाउने दलालहरूलाई क्षमासमेत दिन नमिल्ने भन्दै सरकारले दलालहरूलाई खोजि खोजि कारबाही गर्ने बताए। मन्त्री श्रेष्ठले विदेश जाने नेपालीहरूले पनि एक पटक कम्पनी र कामको बारेमा बुझेर जानुपर्ने बताए। उनले आउँदो आईतवारबाट मन्त्रालयमा २४ सै घण्टा सेवा उपलब्ध हुनेगरी गुनासो सेन्टर स्थापना हुने बताए।

images
images

त्यस्तै पीडितहरूले एक महिनासम्म काम लगाइदिने आशा गरेर बसेपनि काम नपाएपछि नेपाल सरकारलाई गुहारेको बताउँछन्। आकर्षक पारिश्रमिक हुन्छ भन्ने आशाले भिजिट भिसामा यूएई गएपनि दलालहरूले कुनै रोजगारी नदिएको गुनासो गरेका छन्। पीडितहरूले भिजिट भिसामा जानु आफ्नो गल्ती भएपनि गएपछि बेरोजगारी बनेर काम नपाइनुले थप समस्या सिर्जना भएको बताए।  पीडितहरूले त्यहाँ रहेको दुतावासले कुनैपनि सहयोग नगरेको गुनासो गरेका छन्।

पीडितहरूले आर्थिक श्रोत कमजोर भएको र आकर्षक रोजगारी पाउने लोभको कारणले बाध्य भएर भिजिट भिसामा गएको तर दलालहरूले दुबई विमानस्थलमा पासपोर्ट र एक हजार डलर समेत लगेको गुनासो गरेका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) का स्थानीय र अन्तर्राष्ट्रिय कम्पनीले नेपाली कामदारलाई यसरि लैजानु यूएई र नेपाल सरकारबीच भएको श्रम सम्झौताविपरीत हो। लामो समय बेखबर जस्तो बनेको नेपाल सरकार केहि दिन यता तातेको छ। हजारौं नेपाली रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा यूएई पुग्ने र अलपत्र पर्ने क्रम बढेसँगै बैदेशिक रोजगार व्यवसायीलाई नै सरकारले कारबाही गर्ने भएपछि व्यवसायीहरूले मान्छे फिर्ता ल्याउन पनि थालेका छन्। 


प्रकाशित : बिहीबार , माघ १३ २०७८१२:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend