बिहीबार , माघ १७ गते २०८१    
बिहीबार , माघ १७ २०८१
images
images

रोशी खोलाको नौ किलोमिटर सीमांकन सकियो

images
शनिबार, माघ १२ २०८१
images
images
रोशी खोलाको नौ किलोमिटर सीमांकन सकियो

करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमांकन सकिएको जनाइएको छ।

images
images

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सीमांकन तथा व्यक्तिको जमिन यकिन कार्यअन्तर्गत रोशी खोलाको सीमांकन कार्य सकिएको छ।

images
images
images

करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमांकन सकिएको जनाइएको छ।

images

बाढीपहिरोले खोलाको सीमांकनसँगै व्यक्तिको घर तथा जमिनको अवस्थितिसमेत तहसनहस पारेपछि जमिनको अवस्था साविकमा ल्याउन पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य सुरू गरेका थिए। बाढीपहिरोबाट भएको क्षतिको मूल्यांकनसँगै सबै किसिमका जग्गाको अवस्था साविकमा ल्याउन नगरको वडा नं १२ रोशीस्थित भुमेडाँडा क्षेत्रबाट उक्त कार्य सुरू गरिएको हो।

images
images
images

पनौती नगरको वडा नं १२ स्थित भुमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमांकन सकिएको नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुषालले बताए।

भुसालका अनुसार खोलाको सीमांकन सकेर स्थानीयलाई आह्वान गरिएको निवेदनका आधारमा व्यक्तिका जग्गाका कित्ता पुनःस्थापना कार्य भइरहेको छ। पनौती नगर कार्यालय, नापी कार्यालय तथा भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रबाट कर्मचारी खटाइ रोशी क्षेत्रमा रोशी खोलाको ‘ले आउट’ सहितको कार्य प्रारम्भ गरिएको हो । तीन कार्यालयका टोलीले डीजीपीएस, ड्रोन, टोटल स्टेशन आदिको प्रयोग गरी अध्ययन गरिरहेको भुसालले बताए। उनका अनुसार टोलीले डीजीपीएसका प्रविधिबाट साविकको खोला, कित्ता र खानी क्षेत्रको जमिन देखाउने छ। 

उक्त क्षेत्रको जमिनको यकिन गर्न तीन महिना लाग्ने अनुमान गरिएको छ। व्यक्तिले भोगचलन गरिरहेका जग्गाको अवस्था यकिन गर्न निकै चुनौती भइरहेको भुसालले बताएयो। उनका अनुसार हाल करिब ६० कित्ताको पहिचान गरिसकिएको छ। आवश्यक परे डिजिटल नापी कार्यालय बनेपाबाट समन्वय र सहयोग लिइने जनाइएको छ। स्थानीयले भने खोला क्षेत्र र व्यक्तिगत कित्ताको पुनःस्थापना गरेर मात्रै पुनःनिर्माणको काम सुरू हुनुपर्ने माग गर्दै आएका छन्।

पनौती नगरमा बाढीपहिरोका कारण १८ जनाको मृत्यु भएको थियो। पाँचसय ८६ घर पूर्ण तथा नौसय ४४ घर आंशिक क्षति पुगेको थियो। उक्त क्षेत्रमा ११ हजार छ सय ३७ रोपनी व्यक्तिगत खेतबारीमा क्षति पुगेको नगरले जनाएको छ। 

यसैबीच पनौती नगरले बाढीपहिरो प्रभावित क्षेत्रमा नागरिकको सम्पत्ति करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। नगरको १६औँ नगरसभाले उक्त निर्णय गर्दै केही क्षेत्र तोकेर सम्पत्ति करमा सय प्रतिशत नै छुट दिने निर्णय गरेको हो। नगरप्रमुख रामशरण भण्डारीका अनुसार सम्बन्धित वडाबाट अनुगमन गरी वाढीपहिरोपीडित क्षेत्रको किटानी सिफारिस भएपछि मात्र राजस्व छुटको निर्णय कार्यान्वयन गरिनेछ।

कर छुट निर्णय गरिएका बाढी प्रभावित क्षेत्रमा वडा नं १ को मानेदोभान र न्यूरेखोला, वडा नं २ को कुशादेवी, वडा नं ५ र ६ का सबै क्षेत्र, वडा नं ८ स्थित बगरक्षेत्र, १० नं वडाको सलान्दु र रोशी खोला किनार क्षेत्र, वडा नं ११ को ख्याकुथुम्की, डाँडागाउँ र नेपाने क्षेत्र, १२ नं वडाको पूरै क्षेत्र छन्। चालु आवमा तिर्नुपर्ने अन्य कर राजस्व भुक्तान गरेका बाढीपहिरो पीडितलाई उक्त सुविधा दिइने भएको हो। 

नगरसभामा साधारण निर्माणमुखी रोडा-ढुंगा उद्योगले प्रयोग गरेको जग्गामा चालु आवको सम्पत्ति करमा ५० प्रतिशत छुट दिने निर्णयसमेत गरिएको छ। चालु आवमा बाढीपहिरो प्रभावित क्षेत्रका स्थानीयले सम्पत्ति कर बुझाइसकेकाको हकमा प्रमाणका आधारमा आगामी आवको सम्पत्ति करमा मिलान गरिने जनाइएको छ। रासस


प्रकाशित : शनिबार, माघ १२ २०८१११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend