शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

जुम्ला तातोपानीमा अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बीमा

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
images
जुम्ला तातोपानीमा अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बीमा
images
images

खलङ्गा- जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ।

images
images
images

जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।

images
images

उक्त कार्यक्रमको १० लाख रूपैयाँ बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको हो।

images
images

आर्थिक अभावले स्वास्थ्य बीमा नगरेका गाउँपालिकाका आठवटै वडाभित्रका अतिविपन्न नागरिकलाई लक्ष गरेर प्रति परिवार बीमा गर्दाको बीमाङ्क रकम ३ हजार ५ सय रूपैयाँमध्ये १ हजार ५ सय सम्बन्धित व्यक्ति आफैँले र २ हजार रूपैयाँ गाउँपालिका व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको अध्यक्ष न्यौपानेले बताए।

गाउँपालिकाभित्रका आठवटा वडामा स्वास्थ्य बीमाकर्ता परिचालन गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले जानकारी दिए। उनले भने, 'आठ बीमाकर्ता परिचालन गरेका छौँ। अतिविपन्न नागरिकको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा गर्न भनिएको छ।'

तातोपानी गाउँपालिका-३ का रेवती रावलका अनुसार अहिलेसम्म यो वडाका ५० अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिसकिएको उनको भनाइ थियो। जिल्लामा ५५ हजार ३ सय ५२ नागरिकले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा कार्यालयका प्रमुख प्रेम भण्डारीले बताए। रासस


प्रकाशित : बिहीबार , माघ १३ २०७८१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend