काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
बिहीबार प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार ८ सय ७५ मा खरिद बिक्री भएको चाँदी आज शुक्रबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ।