मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

चिया बेचेर राम्रो आम्दानी गरिरहेका छन् खवास दम्पती

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ११ २०८१
images
चिया बेचेर राम्रो आम्दानी गरिरहेका छन् खवास दम्पती

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउँछन्। समाजका हरेक सूचना पनि थाहा पाइन्छ। चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको। अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन्।

images
images

मोरङ- मोरङ बेलबारी नगरपालिका-९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन्। स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन्।

images
images
images

चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ। हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार रुपैयाँ आम्दानी हुन्छ।

images
images

२५ वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसबेला प्रतिलिटर १३ रुपैयाँमा किनेको दूध हाल ८० रुपैयाँपर्छ, महँगी धेरै बढ्यो।

images
images

स्वामकुमारीले भनिन्, 'त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ। त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्योे, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो।'

त्यसबेला लोकल चिया प्रतिकप दुई र  स्पेसल तीन रुपैयाँ थियो। छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए। यही पसलको कमाईले  छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउँछन्।

कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन्। 'त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ', उनले भनिन्।

स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउँछन्। समाजका हरेक सूचना पनि थाहा पाइन्छ। चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको। अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउँछन्।

स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके। उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउँछन्। 'वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन', राजवंशीले भने।

'बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु। बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ। बुबासँगै आएर चिया खाने बानी पर्‍यो' उनले भने। रासस


प्रकाशित : शुक्रबार, माघ ११ २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend