आइतबार, मंसिर ९ गते २०८१    
images
images

१० वर्षमा १३ लाख परिवार थपिए 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ १३ २०७८
images
images
१० वर्षमा १३ लाख परिवार थपिए 

१०० सय घरमा सरदर १२० परिवार बसोबास गर्ने गरेका छन्।

images
images

काठमाडौं- गएको १० वर्षको अवधिमा नेपालभित्र १३ लाख ३३ हजार ७५ परिवार थपिएका छन्। 

images
images
images

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजना अनुसार नेपालमा २०६८ सालको तुलनामा  १३ लाख परिवार थप भएका छन्। 

images

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार २०७८ सालको मंसिर २५ गतेसम्म नेपालमा ६७ लाख ६१ हजार ५९ परिवार रहेका छन्। 

images

२०६८ सालको जनगणनामा नेपालमा ५४ लाख २७ हजार ३०२ परिवार थिए। पछिल्लो दश वर्षमा नेपालमा २४.५७ प्रतिशत परिवार थपिएका छन्। 

परिवारको आकार भने घटेको छ। तथ्यांक अनुसार २०७८ मा ४.३२ जनाको एउटा परिवार रहेको छ। २०६८ सालमा यस्तो आकार ४.८८ जना थियो। सहरको तुलनामा गाउँमा परिवार संख्या ठूलो रहेको छ। सहरमा औषतभन्दा न्यून अर्थात् ४.२५ जनाको परिवार छ भने पहाडमा ४.५५ जनाको परिवार रहेको छ। परिवारको आकार सबैभन्दा धेरै तराई क्षेत्रमा छ भने सबैभन्दा सानो पहाडी क्षेत्रमा रहेको छ। 

घरको तुलनामा परिवारको संख्या भने बढेको छ पछिल्लो दस वर्षमा। अर्थात् जसरी परिवारको संख्यामा वृद्धि  अनुसार घरको संख्यामा वृद्धि भएको छैन। २०७८ मा नेपालमा कूल ५६ लाख ४३ हजार ९४५ घर रहेका छन्। यसको मतलब १०० सय घरमा सरदर १२० परिवार बसोबास गर्ने गरेका छन्। यस्तो अनुपात २०६८ सालमा सय घरमा ११८ परिवार बसोबास गर्थे। 

 

 


प्रकाशित : बिहीबार , माघ १३ २०७८१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend