शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

दोस्रो बजारका आकर्षक गरिमा र कामना सेवा विकास बैंकको अब्बल बन्ने प्रतिस्पर्धा, कुनको सेयर किन्दा के नाफा ?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ १४ २०७८
images
दोस्रो बजारका आकर्षक गरिमा र कामना सेवा विकास बैंकको अब्बल बन्ने प्रतिस्पर्धा,  कुनको सेयर किन्दा के नाफा ?
images
images

काठमाडौं- पछिल्लो समय विकास बैंकहरूको व्यापार मात्रै होइन नाफा पनि लोभलाग्दो छ। यिनैमध्ये हुन् कामना सेवा विकास र गरिमा विकास बैंक। 

images
images
images

दुुई विकास बैंकको प्रतिस्पर्धा रोमाञ्चक छ। सूचकमा उछिन्ने र जित्ने होड पनि लोभलाग्दो नै छ। सोही कारणले पनि दोस्रो बजारमा समेत दुई बैंक रोजाइमा पर्ने गरेका छन्। लाभांशका हिसाबले पनि दुवै बैंकका सेयरधनी आकर्षित हुने गर्दछन्। 

images
images

बिहीबार गरिमा विकास बैंकको दोस्रो बजारमा ६५ हजार ७ सय ७४ कित्ता कारोबार भएको थियो भने ५ सय ८५ रूपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो। 

images
images

यता कामना सेवा विकास बैंकको बिहीबार प्रतिकित्ता ५११ ले कारोबार भएको थियो भने ५६ हजार १ सय ९६ कित्ता कारोबार भएको थियो। दुई बैंककोले दिने लाभांश पनि केही अंक मात्रै फरक हुने गरेको छ। यसवर्ष भने गरिमाले भन्दा बढी कामना सेवाले सेयरधनीलाई लाभांश दिएको छ। कामना सेवाले गतवर्षको नाफाबाट सेयरधनीलाई १९.४७ प्रतिशत लाभांश दिएको छ। यता गरिमा विकास बैंकले पनि सेयरधनीलाई १६ प्रतिशत लाभांश दिएको छ। 

६ महिनाको वित्तिय विवरण अनुसार गरिमाले ४९ करोड २९ लाख रूपैयाँ खुद नाफा कमाउँदा कामना सेवाले ३४ करोड ३६ लाख रूपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै गरिमा विकास बैंकले वितरणयोग्य नाफा ३५ करोड ६१ लाख गर्दा कामना सेवाको ९ करोड ६७ लाख रूपैयाँमात्रै रहेको छ। 

त्यस्तै ६ महिनामा गरिमाले ६५ अर्ब ७५ करोड निक्षेप संकलन गर्दा कमना सेवाले ४७ अर्ब ७३ करोड रूपैयाँ संकलन गरेको छ। ६ महिनाको अवधीमा गरिमाले ५८ अर्ब ७१ करोड गर्दा कामनाले ४३ अर्ब १ लाख रूपैयाँ ऋण प्रवाह गरेका छन्। 

गरिमाले ब्याजबाट ६ माहिनामा १ अर्ब १७ करोड रूपैयाँ आम्दानी गर्दा कामना सेवाले ९० करोड ९ लाख रूपैयाँ आम्दानी गरेको छ। सञ्चालन अन्य सेवाको आम्दानी ६ महिनामा गरिमा विकास बैंकले ९ करोड १५ लाख गर्दा कामना सेवाले २ करोड ५३ लाख रूपैयाँ गरेको छ। त्यस्तैगरी खराव कर्जा तर्फ गरिमामो ०.९६ प्रतिशत रहदाँ कामना सेवाको १.७७ प्रतिशत रहेको छ। 

प्रतिसेयर आम्दानी कामना सेवाको २१.८७ रूपैयाँ रहदाँ गरिमाको २४.९७ रूपैयाँ रहेको छ। त्यस्तैगरी चुक्ता पुँजी ३ अर्ब ९४ करोड गरिमा विकास बैंकको हुदाँ कामना सेवाको ३ अर्ब १४ करोड रूपैयाँ रहेको छ। त्यस्तैगरी रिजर्भमा गरिमाको १ अर्ब १२ करोड रूपैयाँ हुदाँ कामना सेवाको ९४ करोड १० लाख रूपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८०१:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend