मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा लगातार भइरहेको वृद्धि रोकियो, ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको कारोबार

बिहीबार , माघ १० २०८१
सेयर बजारमा लगातार भइरहेको वृद्धि रोकियो, ११ अंकले घट्यो, ७ अर्ब ८५ करोडको कारोबार

काठमाडौं- लगातार उचाइतर्फ देखिएको सेयर बजार यो साताको अन्तिम दिनको कारोबारमा ओरालो लागेको छ। यो साता लगातार हरियाली देखिएको बजार समग्रमा ७६.८ अंकले बढेपछि ओरालो लागेको हो। 

साताको अन्तिम दिनको कारोबारमा बिहीबार बजार ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा झरेको छ। ८६ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ८५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। १५० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेको थियो। बुधबार ५२.३६ अंकले बढेर २६६५.४५ बिन्दुमा पुगेको थियो। 

गएको साता ४६.४५ अंकले घटेको सेयर बजार यो साता चार कारोबारमा लगातार हरियालीतर्फ लागेको थियो। उचाइतर्फ लाग्ने अपेक्षाविपरीत उताचढावबीच ओरालो गतिमा नै बढी देखिइरहँदा लय समात्ने आँकलन गरिएको बजार पुन: घटेको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। 

बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। माघमा बजार नयाँ उचाइमा जाने अपेक्षामा लगानीकर्ता रहेका छन्। बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। 


प्रकाशित : बिहीबार , माघ १० २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend