शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

१५४ अंक घटेपछि सेयर बजार थामियो, अर्को हप्ता बढ्ने संकेत

images
बिहीबार , माघ १३ २०७८
images
१५४ अंक घटेपछि सेयर बजार थामियो, अर्को हप्ता बढ्ने संकेत
images
images

काठमाडौं- चार दिन लगातार घटेको नेप्से परिसूचक साताको अन्तिम दिन बिहीबार थामिएको छ। बजार लगातार घट्न थालेपछि आत्तिएका लगानीकर्ता पुनः सम्हालिएपछि बिहीबार सेयर बजार थामिएको हो। 

images
images
images

बिहीबार ३.२९ अंकले बढेर २७७९.९३ बिन्दुमा पुगेको छ। बिहीबार ३ अर्ब ३४ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको मूल्यमा गिरावट आएको छ। १५ कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

images
images

बढिरहेको सेयर बजार अहिले पुनः घट्दो ट्रेन्डमा प्रवेश गरेको थियो। पुस ५ देखि यता ५६२ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबारदेखि नै लगातार घटिरहेको थियो। विश्लेषकहरूले यसलाई करेक्सन भएको भन्दै आउने सातादेखि फेरि बजारले नयाँ उचाइ लिने बताउँदै आएका छन्। 

images
images

आइतबार १०.८३ ले घटेको बजार सोमबार ९९.८६ अंकले घटेको थियो। मंगलबार ५.९२ को झिनो अंकले घटेको बजार बुधबार पुनः३८.४५ अंकले घटेर २७७६.६१ बिन्दुमा पुगेको थियो। बुधबारसहित यो साताको चार दिनमा नै बजार १५४.६१ अंकले घटेको थियो।

तीन सातादेखि सकारात्मक देखिएको बजारमा यो साता भने अपेक्षाकृत सुधार देखिन सकेन। गएको साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २९३१.५९ बिन्दुमा पुगेको थियो। त्यसअघिको साता बजार १६५.२८ अंकले बढेको थियो।

प्राय चुनावका वर्षहरूमा सेयर बजार उच्च अंकमा जाने गरेको छ। विस्तारै लगानीकर्ताको मनोबल बढ्ने भएकोले चुनावको चर्चाले घटेको बजार धेरै दिन नघट्ने विश्लेषकहरू दाबी गरिरहेका छन्। 

नेपाल राष्ट्र बैंकले सरकारको लागि चालु आर्थिक वर्षमा थप २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेका कारण पनि लगानीकर्ता थप दवावमा परेको देखिन्छ। सरकारको लागि राष्ट्र बैंकले २ खर्ब ३३ अर्ब आन्तरिक ऋण उठाउँदा अहिले दबाबमा रहेको तरलता थप दबाबमा पर्ने बुझाइले बजार घट्नमा मद्दत गरेको जानकारहरू बताउँछन्।


प्रकाशित : बिहीबार , माघ १३ २०७८०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend