मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार उचाइतर्फ देखियो सेयर बजार, ५२ अंकले बढ्दा ९ अर्ब २० करोड रुपैयाँको कारोबार

बुधबार, माघ ९ २०८१
लगातार उचाइतर्फ देखियो सेयर बजार, ५२ अंकले बढ्दा ९ अर्ब २० करोड रुपैयाँको कारोबार

काठमाडौं- सेयर बजारमा उचाइतर्फको लय देखिन थालेको छ। यो साता लगातार हरियाली देखिएको बजार समग्रमा ७६.८ अंकले बढेको छ। 

बुधबार ५२.३६ अंकले बढेर बजार २६६५.४५ बिन्दुमा पुगेको छ। १९६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ९ अर्ब २० करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा पुगेको थियो। 

गएको साता ४६.४५ अंकले घटेको सेयर बजार यो साता लगातार हरियालीतर्फ लागेको हो। उचाइतर्फ लाग्ने अपेक्षाविपरीत उताचढावबीच ओरालो गतिमा नै बढी देखिइरहँदा अहिले लगातार चार कारोबारमा बजार बढेको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। माघमा बजार नयाँ उचाइमा जाने अपेक्षामा लगानीकर्ता रहेका छन्।  


प्रकाशित : बुधबार, माघ ९ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend