बुधबार, माघ ९ गते २०८१    
बुधबार, माघ ९ २०८१
images
images

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व संकलन

images
बुधबार, माघ ९ २०८१
images
images
धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व संकलन

उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा १७ करोड राजस्व संकलन गरेको हो।

images
images

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ रूपैयाँ राजस्व संकलन गरेको छ। उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व संकलन गरेको हो।

images
images
images

सो अवधिमा सम्पत्ति करबाट एक करोड ९२ लाख ६७ हजार, भूमिकर/मालपोतबाट एक करोड २३ लाख ६८ हजार रूपैयाँ, बहालकरबाट तीन करोड ५२ लाख ८३ हजार रूपैयाँ, अन्य राजस्वबाट तीन करोड ५२ लाख १२ हजार रूपैयाँ, व्यवसाय करबाट दुई करोड ७९ लाख ७९ हजार रूपैयाँ र नक्सापास दस्तुरबाट एक करोड ६५ लाख ४८ हजार रूपैयाँ राजस्व संकलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए।

images

उनका अनुसार सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ३८ लाख ६१ हजार, बेरुजुबापत १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार रूपैयाँ राजस्व संकलन भएको हो। 

images
images
images

व्यक्तिगत घटना दर्ताबाट सात लाख सात हजार, परीक्षा शुल्कबाट सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट दुई लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट एक लाख ७९ हजार, न्यायिक दस्तुरबाट दुई हजार रूपैयाँ र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट संकलन भएको उनले जानकारी दिए।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलनमा वृद्धि भएको छ। गत आवको सो अवधिको तुलनामा चालु आवमा ९५ लाख सात हजार आठ सय ७९ रूपैयाँले बढी राजस्व संकलन भएको उनले जानकारी दिए।

उपमहानगरले गत आवको छ महिनामा १६ करोड पाँच लाख ९४ हजार रूपैयाँ राजस्व संकलन गरेको ओझाले जानकारी दिए। राजस्व संकलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व संकलन वृद्धि भएको उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend