शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

images
बुधबार, माघ ९ २०८१
images
images
कालीगण्डकी कोरिडोर : मार्फाखोलामा मोटरेबल पुल निर्माण

पक्की पुल सञ्चालन भएपछि कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए।

images
images

म्याग्दी- चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाखोलामा मोटरेबल पुल निर्माण भएको छ।

images
images
images

बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले एकसय २० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो। आयोजना प्रमुख ध्रुवकुमार झाले पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिए।

images
images

'चिसोका कारणले रोकिएको पुलको पहुँचमार्ग कालोपत्र गर्ने काम गर्मी सुरु भएपछि हुन्छ,' उनले भने, 'मार्फाखोलामा बाढी आउँदा बेनी-जोमसोम सडकमा यातायात अवरुद्ध हुने समस्या हटेको छ।'

images
images
images

धौलागिरि दोस्रो र टुकुचेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लँदा मार्फाखोलामा चैतदेखि असोज महिनासम्म दिउँसो र साँझपख मार्फाखोलामा बाढी आउने गर्छ।

पक्की पुल सञ्चालन भएपछि कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको आयोजना प्रमुख झाले बताए।

मार्फाखोला र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ छुसाङको नरसिङखोलामा मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रूपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

जोमसोम देखि कागबेनी-छुसाङ-उपल्लो मुस्ताङ हुदै चिनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत रहेको नरसिङ खोलाको ९० मिटर लामो मोटरेबल पुल गत भदौमा निर्माण सकिएको थियो। कोरोना महामारी, प्रतिकूल भूगोल, मौसम, प्राकृतिक विपद्, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारणले ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधी सुदिप खड्काले बताए।

पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुईसय दुई किलोमिटर दुरीको बेनी-जोमसोम कोरला सडकअन्तर्गत २४ मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ निर्माण सकिएको, दुई निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन्। २०७३/०७४ देखि सुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend