मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

गोदाममा मल छ, किसानले पाउँदैनन्

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ९ २०८१
images
गोदाममा मल छ, किसानले पाउँदैनन्

मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या यकिन नगर्दा किसानले मल नपाएका हुन्।

images
images

सिरहा- लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दाद हुँदा पनि यहाँका किसानले मल पाएका छैनन्। मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या यकिन नगर्दा किसानले मल नपाएका हुन्।

images
images
images

कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सङ्ख्या एकीन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताए।

images
images

'प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ', उनले भने, 'मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या परेको हो। पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढ्छ।' 

images
images

लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुंगा, सोलु र मधेस प्रदेशको सिरहामा रासायनिक मल वितरण आएको छ। प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सङ्ख्या उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ।

प्रक्रियागत त्रुिटका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँचसय मेट्रिकटन डीएपी र सात सय मेट्रिकटन युरिया मल मौज्दाद रहेको कार्यालयले जनाएको छ। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११२:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend