शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मकवानपुर ट्राफिकले ६ महिनामा संकलन गर्‍यो एक करोड ३२ लाख रूपैयाँ राजस्व

images
बुधबार, माघ ९ २०८१
images
images
मकवानपुर ट्राफिकले ६ महिनामा संकलन गर्‍यो एक करोड ३२ लाख रूपैयाँ राजस्व
फाइल तस्बिर

चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ३२ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

images
images

बागमती- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको छ। 

images
images
images

ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कडाइ गरेपछि चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा रु एक करोड ३२ लाखभन्दा बढी राजस्व संकलन भएकोे सो कार्यालयले जनाएको छ।

images
images

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव अधिकारीका अनुसार चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड ३२ लाख २४ हजार ५ सय ३ रूपैयाँ राजस्व संकलन भएको छ।

images
images
images

सो अवधिमा विभिन्न किसिमका १७ हजार ४१ सवारी माथि कारबाही गरी सो राजस्व संकलन गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। यो अघिल्लो अर्थिक वर्षको सो अवधिको तुलनामा १६ लाख २० हजार ५ रूपैयाँ बढी राजस्व संकलन भएको हो। 

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १५ हजार ८५५ सवारी साधनमाथि कारबाही गरी एक करोड १६ लाख चार हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

यस्तै सो अवधिमा मकवानपुरमा भएको १९६ सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ९४ जना गम्भिर घाइते भएका छन्।

ट्राफिक जाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, माघ ९ २०८११२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend