मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्दै

बुधबार, माघ ९ २०८१
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले ९० अर्ब तरलता खिच्दै

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले थप ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बुधबार दिउँसो २ बजेसम्म बैंकहरू निक्षेप संकलन बोलकबोल प्रक्रियामा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ। 

निक्षेप संकलन उपकरण माघ ३० गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन निरन्तररुपमा प्रणालीबाट तरलता खिचिरहेको छ।

प्रणालीमा रहेको अधिक तरलता भएसँगै ब्याजदर न्यून बिन्दुमा आएपछि राष्ट्र बैंकले निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने गरी ब्याजदर कोरिडोरको सीमाहरू निर्धारण गरेको छ। 

ब्याजदर कोरिडोरको तल्लो सीमा निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर राष्ट्र बैंकले तरलता खिचिरहेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ब्याजदर कोरिडोरको माथिल्लो सीमा बैंक दर ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत कायम गरेको छ। 

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब २३ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ। बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ७९.२३ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता राष्ट्र बैंकले अल्पकालीन निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत प्रशोचन गरिरहेको छ। 


प्रकाशित : बुधबार, माघ ९ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend