बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निर्यात केन्द्रित जलविद्युतमा अधिक प्राथमिकताले भविष्यमा सार्वभौम जोखिम निम्त्याउन सक्छ : डा. विश्वास गौचन

बिहीबार , माघ १० २०८१

४० हजार मेगावाट बिजुली उत्पादन गरेर त्यसलाई भारतमा बिक्री गर्ने भन्दै धेरै सरकारी अधिकारी तथा व्यवसायीहरूले बताउँदै आएको समयमा डा. गौचनले यसमा प्रश्न उठाएका हुन्।

काठमाडौं- बिजुली बिक्री गरेर देशलाई समृद्ध बनाउने भनेर सरकारदेखि सार्वजनिक तहसम्म बहस/छलफल भइरहेको समयमा अर्थशास्त्री डा. विश्वास गौचनले भने यसमा प्रश्न उठाएका छन्।

इन्सिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टटिज (आईआईडीएस) का कार्यकारी निर्देशकसमेत रहेका गौचनले विदेशमा बिक्री गर्ने उद्देश्यबाट अहिले गरिने जलविद्युतको लगानी जोखिममुक्त नरहेको बताएका हुन्। 

आन्तरिक खपतबाट बचेको केही बिजुली निर्यातका लागिसम्म ठीकै भएपनि बिक्रीकै लक्ष्य बनाएर अर्थतन्त्रको दुई गुणा ठूलो स्रोत लगाएर बिजुली उत्पादन गरेर जाँदा भविष्यमा यसले सार्वभौमिक जोखिम निम्त्याउन सक्ने जोखिम रहेको उनको भनाइ छ। 

४० हजार मेगावाट बिजुली उत्पादन गरेर त्यसलाई भारतमा बिक्री गर्ने भन्दै धेरै सरकारी अधिकारी तथा व्यवसायीहरूले बताउँदै आएको समयमा डा. गौचनले यसमा प्रश्न उठाएका हुन्। 

’४० हजार मेगावाट बिजुली उत्पादनका लागि ८० अर्ब डलर लगानी गर्नुपर्छ, यसका लागि प्रसारण पूर्वाधारमा पनि १५ खर्बसम्मको लगानी चाहिन्छ। यति धेरै लगानी गरेर हामीले पाउने एकल क्रेता हो। यसले भविष्यमा ठूलो जोखिम ल्याउँछ’ उनी भन्छन्। 

नेपालमा विगत लामो समयदेखि विवेकपूर्णभन्दा पनि लहडमा लगानी हुँदै आएको भन्दै समग्र देशकै स्रोत परिचालन विवेकपूर्ण नभएको गौचनले बताएका छन्। यही श्रृंखलामा जलविद्युतमा पनि देखिन सक्ने उनको चेतावनी छ। 

बिजुलीमा धेरै लगानी गर्ने र त्यो पनि बिक्रीका लागि उत्पादन हुने बिजुलीमा जोखिम हुनसक्ने मुख्य कारण भनेको एकल क्रेता हुनु हो। गौचनका अनुसार नेपालको एकमात्र बजार भारत हो। जब एउटामात्र क्रेता हुन्छ तब उसले जतिबेला पनि आयातमा तलमाथि गर्नेवित्तिकै नेपालले ठूलो नोक्सानीको सामना गर्नुपर्ने या त भने जे भन्यो त्यही मान्नुपर्ने भूराजनीतिक ट्र्यापमा पर्नसक्ने उनको भनाइ छ। 

‘अहिले जसरी हामीले सबैतिर जलविद्युतलाई समृद्धिको अन्तिम विकल्प जस्तोगरी व्याख्या गरिरेका छौँ तर यसले भविष्यमा हामीलाई आर्थिकमात्र होइन सार्वभौम जोखिममा धकेल्छ’ उनी भन्छन्,'यदि हामीले ४० हजार मेगावाट बिजुली उत्पादन गर्‍यौँ र त्यसबाट महिनामै १० अर्ब डलरसम्मको निर्यात गर्छौं भने त्यो आम्दानी गर्नैपर्छ। यदि त्यो तीन महिनामात्र अवरुद्ध भयो भने हाम्रो संस्थाहरू कोल्याप्स हुन्छन्। त्यस्तो आर्थिक क्षतिको बदलामा हामीले उसको सर्त मान्नुपर्ने अवस्था आउन सक्छ।’

भिडियोमा हेर्नुहोस्-


प्रकाशित : बिहीबार , माघ १० २०८११५:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend