मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब १९ करोड रुपैयाँको कारोबार

मंगलबार, माघ ८ २०८१
५ अंकले बढ्यो सेयर बजार, ६ अर्ब १९ करोड रुपैयाँको कारोबार

काठमाडौं- गएको साता ४६.४५ अंकले घटेको सेयर बजार यो साता लगातार हरियालीतर्फ लागेको छ। उचाइतर्फ लाग्ने अपेक्षाविपरीत सेयर बजार उताचढावबीच ओरालो गतिमा नै बढी देखिइरहँदा लगातार तीन कारोबारमा बजार बढेको हो।

आइतबार १२.५८ अंक र सोमबार उतारचढावबीच ६.७८ अंकले बढेर २६०७.९९ बिन्दुमा पुगेको बजार मंगलबार ५.०८ अंकले बढेर २६१३.०८ बिन्दुमा पुगेको छ। ६ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको बजारमा १०६ कम्पनीको सेयर मूल्य बढेको छ। १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिर र पुसमा पनि पूरा हुन सकेन। 

बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता विश्वस्त देखिन सकेका छैनन्। लगानीकर्ताहरू अझै पनि पर्ख र हेरको सोचमा नै देखिन्छन्।

लगातार तीन दिन देखिएको हरियालीपछि बजारको अवस्था अनुमान गर्न कठिन हुने भए पनि लगानीकर्तामा विश्वास फर्किँदै जाने देखिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : मंगलबार, माघ ८ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend