शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

images
मंगलबार, माघ ८ २०८१
images
images
मुढा बुनेर आम्दानी गर्दै कैदीबन्दी

कारागारमा रहेका तीनसयभन्दा बढी कैदीबन्दीमध्ये करिब एकसयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए।

images
images

दमौली- तनहुँ कारागारमा रहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी गरेका छन्। विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी लिन थालेका हुन्।

images
images
images

कारागारमा रहेका तीनसयभन्दा बढी कैदीबन्दीमध्ये करिब एकसयले मुढा बुन्दै आएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए। कारागारमा उत्पादित मुढा दमौलीबजारमै बिक्री भइरहेको उनले बताए।

images
images

उनले भने, 'कैदीबन्दीहरुले मुढा बुनेर आम्दानी गरिरहेका छन्, यहाँ उत्पादित मुढाको माग दमौली बजारमै छ, एउटा गाडीमा राखेर मुढा बिक्री वितरणको व्यवस्था मिलाइएको छ।'

images
images
images

कैदीबन्दीले उत्पादन गरेका मुढा न्यूनतम तीनसय ७५ रूपैयाँदेखि एक हजार रूपैयाँसम्म बिक्री हुने गरेको छ। एकजना कैदीबन्दीले मुढा बुनेर चार हजार रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म आम्दानी गरेको अधिकारीको भनाइ छ।

अधिकारीका अनुसार कैदीबन्दीले मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायत काम गर्ने गरेका छन्। उनले भने, 'विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ, कैदीबन्दीले मुढा बिक्री गरेर घरमा खर्च पठाउने गरेका छन्।'

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ। मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक-फरक व्यक्तिले गर्ने गरेका छन्। अधिकारीले कैदीबन्दीलाई मागअनुसारको सीप प्रदान गर्ने गरेको बताए। उनले भने, 'कारागारमा यत्तिकै दिन बिताउनुभन्दा केही न केही सीप हासिल गरेर आम्दानीनतर्फ जोड्ने प्रयासमा छौँ।' रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८११४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend