मंगलबार, माघ ८ गते २०८१    
मंगलबार, माघ ८ २०८१
images
images

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख ठगी गर्ने तीनजना पक्राउ

images
मंगलबार, माघ ८ २०८१
images
images
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३१ लाख ठगी गर्ने तीनजना पक्राउ

उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख रूपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

images
images
images

बागलुङ ताराखोला गाउँपालिका-३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका-६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका-८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो।

images

अभियुक्त परियारले २८ लाख, कार्कीले एक लाख र बिष्टले दुई लाख रूपैयाँ ठगेको केन्द्रीय प्रहरीले जनाएको छ।

images
images
images

उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। रासस


प्रकाशित : मंगलबार, माघ ८ २०८११३:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend